नेकपाकी सचेतक चौधरीले छोरीसँगै दिइन् एसईई
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले तुलसीपुर उपमहानगरपालिका ६ मा रहेको मावि सेन्टरबाट एसइई परीक्षा दिएकी छन् । गत २०७३ सालमा मावि डाडागाउँमा कक्षा आठमा भर्ना भएकी चैधरील कक्षा आठ र नौ औपचारीक रुपमा पढेपनि कक्षा १० भने स्वअध्ययन गरेकी छिन् ।
‘नियमित विद्यालय जान नपाएपनि घरमा अध्ययन गरेर परिक्षा दिएकी छु ’ उनले भनिन् । पुर्व कम्लरीसमेत रहेकी चौधरीले आफु जस्तै समयमा पढ्न नपाएकाहरुका लागि प्रेरणा होस भन्ने उद्देश्यले पनि एसईईको परिक्षा दिन लागेको बताइन् ।
छोरीसँगै एसईई
चौधरीले १७ वर्षीया छोरी विनु चौधरीसँग एसईईको परिक्षा दिएकी हुन । नियमिततर्फ महेन्द्र मावि तुलसीपुरमा संचालित खुला विद्यालयमा भर्ना भएकी चौधरीको मावि तुलसीपुर सेन्टरमा परिक्षा केन्द्र तोकिएको छ । २०६४ मा पहिलो पटक समानुपातिकबाट संविधानसभा सदस्य भएपछि उनले विभिन्न समितिमा बस्दा पढाई अति आवश्यक हुने ठानेपछि पढ्न सुरु गरेको बताइन् ।