मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
साेमबारकाे पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पाेखरेल । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
अमुल थापा काठमाडौं
२०७९ भदौ १३ सोमबार १४:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गठबन्धनले सामर्थ्य गुमाइसक्यो : पोखरेल

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०७९ भदौ १३ सोमबार १४:५२:००

एमाले महासचिव शंकर पोखरेलले पाँचदलीय गठबन्धनका दलले चुनावमा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाइसकेको बताएका छन् । राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा पोखरेलले यस्तो बताएका हुन् । 

एमाले बलियो राष्ट्रिय शक्ति भएको भन्दै उनले ४ मंसिरमा हुने आगामी निर्वाचन बलियो राष्ट्रिय शक्ति एमाले र गठबन्धनबीच हुने बताए । ‘यसपटकको निर्वाचन गठबन्धन भर्सेस बलियो राष्ट्रिय शक्तिको छनोटको रूपमा रहेको छ,’ महासचिव पोखरेलले भने, ‘पाँचदलीय सत्तागठबन्धनले चुनवामा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाइसकेको छ । एमालेसँग प्रतिस्पर्धा गर्न पाँच दलबाट बाहिरका शक्तिलाई पनि साथमा लिने प्रयास गर्दै छ ।’ उनले कांग्रेसले नीतिग सामर्थ्य गुमाइसकेको पनि जिकिर गरे ।