मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस जकार्ता
२०७९ भदौ १३ सोमबार १३:०८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पश्चिमी इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प

Read Time : < 1 मिनेट
रासस, जकार्ता
२०७९ भदौ १३ सोमबार १३:०८:००

इन्डोनेसियाको पश्चिमी प्रान्त सुमात्रामा सोमबार ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको मौसम विज्ञान, जलवायु तथा भूभौतिक निकायले जानकारी दिएको छ । 

जकार्ताको स्थानीय समयअनुसार सोमबार बिहान १०ः२९ बजे सो भूकम्प गएको बताइएको छ। यस भूकम्पको केन्द्रबिन्दु कराउआन मेन्तावाई जिल्लाको एक सय १६ किलोमिटर उत्तरमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ।

भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको छैन। यसअघि स्थानीय समयअनुसार सोमबार बिहान ५ः३४ मा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो।

यद्यपि, ६.४ म्याग्निच्युडको भूकम्पलाई नै प्रमुख भूकम्पको रूपमा लिइएको छ। हालसम्म यस भूकम्पबाट धनजनको  क्षति भएको कुनै समाचार प्राप्त नभएको अधिकारीहरूले जनाएका छन्। सिन्ह्वा