मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १० आइतबार ११:४०:००
Read Time : > 1 मिनेट
खेलकुद

मेसी र रोनाल्डोले भोगे निराशाजनक नतिजा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १० आइतबार ११:४०:००

लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोका समर्थकका लागि शुक्रबारको रात विशेष थियो । दुवै स्टार खेलाडी रसिया विश्वकप फुटबल प्रतियोगितापछि राष्ट्रिय टोलीमा फर्किए । समर्थकले सम्भवतः अर्जेन्टिना र पोर्चुगलले खेल जित्ने अपेक्षा मात्र राखेनन्, मेसी र रोनाल्डोका उत्कृष्ट खेलको समेत कल्पना गरेका थिए । तर, मेसी र रोनाल्डोले यी दुवै काम सम्भव पार्न सकेनन् । मेसी र रोनाल्डोले राष्ट्रिय टोलीमा आ–आफ्नो पुनरागमन सुखद पार्न नसकेका हुन् । 

अर्जेन्टिना भेनेजुएलासँग स्तब्ध
स्पेनिस क्लब एट्लेटिको म्याड्रिडको रंगशालामा अर्जेन्टिनाले भेनेजुएलाविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । रसिया विश्वकपको प्रिक्वार्टरफाइनलपछि राष्ट्रिय टोलीमा देखिएका मेसीले प्रेरणादायी खेल देखाए पनि अर्जेन्टिनालाई ३–१ को हारबाट पार लगाउन सकेनन् । विश्वकपपछि अर्जेन्टिनाले यो सातौँ अन्तर्राष्ट्रिय खेल खेलेको थियो । यसअघिका ६ खेल मेसीले गुमाएका थिए । ३१ वर्षीय मेसीलाई प्रशिक्षक लिओन स्कोलानीले पहिलो सेटमै प्रतिस्पर्धा गराएका थिए । म्याड्रिडको रंगशालामा भेनेजुएलाले अर्जेन्टिनामाथि दबाब राखेको थियो । अर्जेन्टिनाले प्राप्त अवसरमा गोल गर्न सकेन । यसविपरीत भेनेजुएलाले मौकाको सदुपयोग गर्दै अर्जेन्टिनालाई ३–१ ले हरायो । भेनेजुएलाका लागि जोसे सोलोमान, जोन मुरिल्लो तथा जोसेफ मार्टिनले १–१ गोल गरे । अर्जेन्टिनाका लागि १ गोल मार्टिनले फर्काए । 

मेसी घाइते
भेनेजुएलाविरुद्धको खेलमा मेसीले चोट बोके । अब उनले मोरोक्वोविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । प्रशिक्षक स्कोलानीले मेसीको कम्मरको जोर्नीमा समस्या आएको बताएका छन् । ‘प्रतिस्पर्धामा कप्तान मेसीको कम्मरमा समस्या देखिएको छ,’ स्कोलानीले भने, ‘कम्मरको जोर्नीको दुखाइ बढेपछि मेसी कम्तीमा एक साता आराममा रहनेछन् ।’ यता प्रशिक्षक स्कोलानीले उत्कृष्ट फर्ममा रहेका स्टार खेलाडीहरूलाई प्रतिस्पर्धामा समावेश गरेनन् । म्यानचेस्टर सिटीका सर्जियो अगुएरो, गोन्जालो हिगुएन तथा माउरो इकार्डीलाई उनले टोलीमै राखेनन् । यता युभेन्टसका युवा स्ट्राइकर पाउलो डिबाला बेन्चमै बस्न बाध्य भए । 

पोर्चुगल युक्रेनसँग रोकियो
युरोकप २०२० को छनोट प्रतियोगितामा पोर्चुगलले घरेलु मैदानमा युक्रेनसँग प्रतिस्पर्धा गर्दा गोलरहित बराबरी नतिजा आत्मसात् गर्‍यो । युरोकपको साबिक विजेता पोर्चुगलले खेलमा पकड राखे पनि युक्रेनको पोस्टमा गोल गर्न सकेन । खेलमा सबैभन्दा निराश देखिएका थिए, कप्तान रोनाल्डो । सिरिए क्लब युभेन्टसमा उत्कृष्ट प्रदर्शन गरिरहेका रोनाल्डोले राष्ट्रिय टोलीमा आफ्नो पुनरागमन उत्कृष्ट बनाउन सकेनन् । रसिया विश्वकपपछि राष्ट्रिय टोलीमा फर्किएका लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोले गोल गर्न सकेनन्