मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
डिलाराम भुसाल कपिलवस्तु
२०७९ भदौ १२ आइतबार १६:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कपिलवस्तुमा टिपर र हाइस ठोक्किँदा १२ घाइते, तीनको अवस्था गम्भीर

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
२०७९ भदौ १२ आइतबार १६:०९:००

कपिलवस्तुमा टिपर र हाइस ठोक्किँदा १२  जना यात्रु घाइते भएका छन् । गोरुसिंगे–तौलिहवा सडकअन्तर्गत चेत्रादेई जंगलमा दुई सवारी एक–आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परेर घाइते भएकामध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ताैलिहवाले जनाएको छ ।

दाङबाट तौलिहवा हुँदै काठमाडाैं जाँदै गरेको बा.२ख ६६६० नम्बरको हाइस र तौलिहवादेखि गोरुसिंगेतर्फ जाँदै गरेको ना.८ख ६६९७ नम्बरको टिपर एक–आपसमा ठोक्किएका हुन् । घाइतेहरूको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।