मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
धनञ्जयकुमार शाह
२०७५ चैत १० आइतबार १०:४६:००
Read Time : > 1 मिनेट
लोकसेवा

लोकसेवा अनुभव : आफ्नै शैली बनाएर पढ्नुपर्छ 

Read Time : > 1 मिनेट
धनञ्जयकुमार शाह
२०७५ चैत १० आइतबार १०:४६:००

योग्यता र क्षमता भएका व्यक्तिले देशको सेवा गर्ने स्थानमा पुग्ने महत्वपूर्ण माध्यम लोकसेवा आयोग हो । तर, लोकसेवाको परीक्षा उत्तीर्ण गर्न उति सहज भने छैन । कठिन परिश्रम र लगावले मात्र आयोगमा सफलता मिल्छ । 

त्यति धेरै रोजगारीको अवसर पनि नभएको र निजी क्षेत्रको रोजगारीमा ढुक्क हुने स्थिति नरहेको हाम्रो जस्तो मुलुकमा निजामती सेवाप्रति धेरै आकर्षण छ । 

तर, सानोतिनो तयारीले लोकसेवा उत्तीर्ण गर्न सम्भव छैन । हजारौँको प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्न सकेको खण्डमा मात्र लोकसेवामा सफलता मिल्छ । लहैलहैमा लागेर विनातयारी लोकसेवा पास गर्न नसकिने तथ्य लोकसेवाको तयारी गरिरहेका सबैलाई अवगत भएको कुरा हो ।

लोकसेवाको तयारी गरिरहँदा आफूअनुकूल र अध्ययनशील समूह निर्माण गरेर संयुक्त तयारी गर्दा पनि विषयवस्तु सम्झिन र अर्काको राम्रा उपाय लिन पनि सहज हुन्छ । पहिल्यै लोकसेवा उत्तीर्ण गरेकाहरूको अनुभव पनि लिन सकिन्छ । आफूसरहका सहपाठीहरूसँग छलफल त गर्नुपर्छ, तर यसका नाममा समयको बर्बादीमा भने लाग्नुहुँदैन ।

लोकसेवाको तयारी गरिरहँदा दिमागमा याद राख्नुपर्ने हुन्छ । व्यक्तिको सम्झिने तरिका अनेक हुन्छन् । पढेका विषय सम्झिन आफ्नै खालको शैली बनाउन सकिन्छ । यसका लागि सूत्र बनाएर पढ्ने, कसैलाई दाँजेर याद गर्ने, कसैलाई सम्झेर याद गर्नेलगायतका बानी अपनाउन सकिन्छ । यसका साथै आफ्नो लेखनशैलीलाई पनि परिष्कृत गराउन जरुरी हुन्छ । 

समसामयिक विषयमा पनि नियमित अद्यावधिक (अपडेट) हुनुपर्छ । यसका लागि नियमित पत्रपत्रिका पढ्ने, रेडियो, टेलिभिजन हेर्ने/सुन्ने पनि गर्नुपर्छ । 

आजकल बजारमा लोकसेवाका नाममा विभिन्न पुस्तक पाइन्छन् । त्यसमध्ये उपयुक्त खालको पुस्तक छनोट गरेर त्यसअनुसार तयारी गर्नुपर्छ । यसबाहेक सरकारी निकायका आधिकारिक प्रतिवेदन, प्रकाशन आदिमा पनि ध्यान दिनुपर्छ । 

लोकसेवाको तयारी गरिरहँदा आफूअनुकूल र अध्ययनशील समूह निर्माण गरेर संयुक्त तयारी गर्दा पनि विषयवस्तु सम्झिन र अर्काको राम्रा उपाय लिन पनि सहज हुन्छ । पहिल्यै लोकसेवा उत्तीर्ण गरेकाहरूको अनुभव पनि लिन सकिन्छ । आफूसरहका सहपाठीहरूसँग छलफल त गर्नुपर्छ, तर यसका नाममा समयको बर्बादीमा भने लाग्नु हुँदैन । कहिलेकाहीँ ‘रिफ्रेसमेन्ट’ भने गर्नुपर्छ । अत्यधिक चाप र बोझमा पढ्दा बुझिँदैन । यसले पुनर्ताजगी प्रदान गर्छ । 

वेलावेलामा स्वमूल्यांकन पनि गरिरहनुपर्छ । यसले आफ्ना नराम्रा प्रवृत्ति त्याग्न मद्दत मिल्छ । 

अन्त्यमा, मनोबल र दृढ इच्छाशक्ति नै तपाईंको सफलताको कडी हो । निरन्तर अभ्यास, योग र ध्यानबाट जीवनमा सन्तुलन ल्याई अध्ययनमा लगाव र समयको सदुपयोगले सधैँ सफलताको शिखरमा पुर्‍याउँछ । 

 
शाह बुद्धशान्ति गाउँपालिका झापाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।