मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गायक
सप्तरंग प्रिन्ट संस्करण

खानपिनमा ध्यान दिन्छु : शिव परियार

Read Time : < 1 मिनेट
२०७९ भदौ १२ आइतबार १०:१५:००

मेरो आवाजले साथ दिएसम्म जुनसुकै गीत गाउनुपर्छ । गीतलाई मैले आफ्नो शैलीमा गाउनुपर्छ । गीतको शब्दमा जीवनको भोगाइ हुन्छ, कल्पना र भावना पनि मिसिएको हुन्छ । त्यही कुरालाई हामीले आवाजमार्फत श्रोता, दर्शकलाई पस्केर दिने हो । सबै गायक–गायिकलाई श्रोता, दर्शकलाई राम्रो सिर्जना नै दिन मन लाग्छ । तर, कतिपय अवस्थामा हाम्रो आवाजले साथ दिइरहेको हुँदैन । त्यसकारण पनि हामीले स्वरलाई स्वस्थ राख्न जरुरी हुन्छ । हामीले खानेकुरा कतिको पचाउन सकिन्छ र त्यसले आवाजलाई पनि कतिको असर गर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । 

मेरो पहिले खानेकुरामा मुख बार्ने चलन थिएन । अहिले जस्तो खानेकुरामा केयर गर्दिनथेँ । अहिले उमेर बढेसँगै स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्ने रहेछ । अहिले ४०औँ वर्षमा हिँड्दै छु । अहिले शरीरले कस्तो खानेकुरा पचाउँछ भन्ने कुरालाई ध्यान दिएर खान थालेको छु । उमेर, परिस्थिति र अवस्था हेरेर मात्रै खानेकुरा खान्छु । अहिले खानेकुरामा केयर गर्न थालेको छु ।

अहिले शरीरलाई चिसो हुने खानेकुरा सकेसम्म खाँदिनँ । कुनै कार्यक्रममा गीत गाउन जाँदै छु भने एक–दुई दिनअघि खानेकुरामा ख्याल गर्छु । अर्काे, कुनै गीत रेकर्ड गर्नुअघि खानेकुरामा ध्यान दिन्छु । आजभोलि सकेसम्म माछा–मासु कम खाने गरेको छु । शरीरलाई असर गर्ने खानेकुरा सकेसम्म खाँदिनँ । कहिलेकाहीँ फलफूल खाने गर्छु । स्वास्थ्यको दृष्टिकोणले पनि दालभात, तरकारी मात्रै खाने गर्छु ।