सुविधामुखी बसाइँँसराइको प्रवृत्तिलाई रोक्न के–कस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने देख्नुहुन्छ ? मौलिक सुझाब दिनुहोस् ।
सन्तुलित विकास : सुविधामुखी बसाइँँसराइको निकास
स्थायी रूपमा एक ठाउँबाट अर्को ठाउँमा जानुलाई बसाइँसराइ भनिन्छ । बसाइँसराइले जनसंख्याको आकारमा परिवर्तन ल्याउँछ । प्राकृतिक विपत्ति, मानवीय संकट र सुविधा वा अवसरको खोजीलगायतका कारणले बसाइँसराइ हुने गर्दछ । नेपालमा गाउँबाट सहरतिर एवं हिमाल र पहाडबाट तराईतिर बसाइँसराइ बढेको पाइन्छ ।
- सुविधामुखी बसाइँसराइ रोक्ने उपाय
- स्पष्ट जनसंख्या नीति निर्धारण गर्ने र सोको कार्यान्वयन गर्ने,
- भू–उपयोग नीतिको कडाइका साथ कार्यान्वयन गर्ने,
- अवसरको समानुपातिक वितरण गर्ने,
- सन्तुलित पूर्वाधार विकासमा जोड दिने,
- गाउँ–गाउँमा रोजगारी सिर्जना गर्ने,
- बस्ती–बस्तीमा विद्यालय, अस्पताल पुर्याउने,
- ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने,
- ग्रामीण क्षेत्रमा करको दर कम गर्ने, न्यून कर लगाउने,
- सहरी क्षेत्रमा प्रदूषण कर लगाउने,
- हिमाली र पहाडी क्षेत्रलक्षित कार्यक्रम सञ्चालन गर्ने,
- कृषिको आधुनिकीकरण गर्ने र उन्नत मल, बिउ, निःशुल्क दिने,
- संघीयताको प्रभावकारी कार्यान्वयन गर्ने,
यसरी, जनसंख्या व्यवस्थापनका लागि सहरबाट गाउँमा र तराईबाट पहाड एवं हिमालमा हुनुपर्ने बसाइँसराइ नेपालमा भने उल्टो दिशातर्फ उन्मुख भएको छ । यसको अन्त्य गर्दै सहरकेन्द्रित बसाइँसराइ विकर्षण गराउने र ग्रामीण क्षेत्रकेन्द्रित आकर्षण बढाउनु आजको आवश्यकता हो ।
निजामती सेवामा भएको खुला पदपूर्तिका सबल र दुर्बल पक्ष उल्लेख गर्नुहोस् ।
लोकतन्त्रको वितरक : निजामती सेवा
योग्यताका आधारमा छनोट भएका, गैरसै निक चरित्रका व्यावसायिक कर्मचारीको सेवालाई निजामती सेवा भनिन्छ ।
राज्यको स्थायी सरकार मानिएको निजामती सेवामा आन्तरिक र खुला गरी दुई प्रकारबाट पदपूर्ति हुने गर्दछ । रिक्त पदमा संगठनबाहिरका व्यक्तिहरूबाट पदपूर्ति गर्नुलाई खुला पदपूर्ति भनिन्छ ।
- खुला पदपूर्तिका सबल पक्ष
- संगठनमा नयाँ रक्तसञ्चार हुन्छ,
- परिवर्तनलाई संस्थागत गर्न सकिन्छ,
- रोजगारीको अवसर बढ्छ,
- कार्यशैलीमा नवीनता र सिर्जनात्मकता आउँछ,
- अनुभवीलाई आराम गर्ने मौका मिल्दछ,
- क्षमतावान्ले अवसर पाउँछन्,
- प्रतिभा पलायन नियन्त्रण हुन्छ,
- अवसरको समानुपातिक वितरण हुन्छ ।
- खुला पदपूर्तिका दुर्बल पक्ष
- संगठनमा नयाँ र पुरानोको द्वन्द्व बढ्छ,
- कार्यशैलीमा भएको एकरूपता खल्बलिन्छ,
- संगठनात्मक लागत बढ्छ,
- अनुभवी कर्मचारी उपेक्षित हुन्छन्,
- संस्थागत संस्मरणमा ह्रास आउँछ,
- कार्यरत कर्मचारीमा निराशा छाउँछ,
- तालिम, प्रशिक्षणमा थप लगानी बढ्छ,
- निरन्तरतामा अवरोध आउँछ ।
यसरी नागरिकलाई प्रभावकारी सेवा वितरण गर्न स्थापित निजामती सेवालाई सक्षम, सबल र प्रभावकारी बनाउनैपर्दछ । त्यसका लागि अनुभवी कर्मचारीको उपयोग गर्दै नयाँ प्रतिभालाई निजामती सेवामा भिर्याउनु आजको आवश्यकता हो ।