१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १० आइतबार १०:२४:००
Read Time : < 1 मिनेट
खेलकुद

उपविजेता खेलाडीले जनही १ लाख पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १० आइतबार १०:२४:००

पाँचौँ साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोलीका प्रत्येक खेलाडीले जनही एक लाख पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को शनिबार विराटनगरमा सम्पन्न १८औँ साधारणसभाले उपविजेता खेलाडीलाई जनही एक लाखसहित पुरस्कृत गर्ने घोषणा गरेको हो । सहिद रंगशालामा शुक्रबार भएको उपाधि भिडन्तमा नेपाल भारतसँग ३–१ ले स्तब्ध हुँदा चौथोपटक उपविजेतामा सीमित भएको थियो । 

प्रदेश सरकारद्वारा पनि घोषणा
यसैगरी प्रदेश १ सरकारले पनि उपविजेता टोलीलाई जनही १ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । यसैगरी विराटनगर महानगरपालिकाले प्रत्येक खेलाडीलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ । समग्रमा प्रत्येक नेपाली खेलाडीले २ लाख ५० हजार रुपैयाँ पाउनेछन् । यता एन्फाको साधारणसभाले प्रदेश सरकार तथा विराटनगर महानगरपालिकालाई खेलाडीलाई हौसला प्रदान गर्न चालेको कदमका निम्ति धन्यवाद दिएको छ । एन्फाले साफ च्याम्पियनसिप भव्य रूपमा सफल पार्न सहयोग गरेका सबै पक्षलाई धन्यवाद दिएको छ । 

बजेट अनुमोदन
एन्फाले राखेको आर्थिक वर्षको फुटबल विकास बजेट सर्वसम्मत रूपमा पारित भएको छ । एन्फाले आर्थिक वर्षमा फुटबल विकास शीर्षकमा २३ करोड ७४ लाख ५० हजार रुपैयाँ साधारणसभामा प्रस्तुत गरेको थियो । एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशीले प्रस्तुत गरेको गत आर्थिक वर्षको बजेट सर्वसमम्मतबाटै अनुमोदन भएको एन्फाले जनाएको छ । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले वार्षिक कार्यप्रगति विवरण सभामा राखेका थिए । साधारणसभाले खोटाङ, नवलपुर र मनाङ जिल्ला फुटबल संघ गठनको निर्णय गरेको छ ।