Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका तेह्रथुम
२०७९ भदौ ११ शनिबार १९:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नगरवासीको विद्युत् महसुल नगरपालिकाले तिरिदिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, तेह्रथुम
२०७९ भदौ ११ शनिबार १९:०४:००

तेह्रथुमको म्याङ्लुङ नगरपालिकाले नगर क्षेत्रभित्र २० युनिटसम्म खपत गर्ने नगरवासीको विद्युत् महसुल तिरिदिन थालेको छ। विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने गरेको थियो। 

नगरपालिकाको न्यूनतम २० युनिटसम्मको महसुल तिरिदिने भएपछि विद्युत् प्राधिकरणलाई समेत फाइदा पुगेको छ। नगरपालिकामा चार हजार छ सय घरधुरीले विद्युत् सेवा लिँदै आएका छन्। यी ग्राहकको न्यूनतम २० युनिटसम्मको विद्युत् महसुल रु एक लाख ३५ हजार नगरपालिकाले प्राधिकरणलाई बुझाउनेछ। 

नगर कार्यपालिकाको बैठकले साउन १ गतेदेखि नगर क्षेत्रभित्रका उपभोक्ताको २० युनिटसम्मको विद्युत् महसुल तिरिदिने निर्णय गरेको थियो। सो निर्णयपछि दुर्गम र प्रत्येक महिना महसुल बुझाउन नसक्ने उपभोक्तालाई ठूलो राहत पुगेको नगर प्रमुख सञ्जय तुम्बाहाम्फेले बताए।