१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सुमन खड्का
२०७५ चैत १० आइतबार १०:१३:००
Read Time : > 2 मिनेट
लोकसेवा

लोकसेवा सम्बन्धी सामान्य ज्ञान

Read Time : > 2 मिनेट
सुमन खड्का
२०७५ चैत १० आइतबार १०:१३:००

१. ‘विद्यालयमा एक दिन, कक्षाकोठामा एक दिन’ नामक शैक्षिक अभियान सञ्चालन गर्ने नेपालको एक मात्र प्रदेश कुन होे ?
 प्रदेश नम्बर ५
(स्मरण रहोस् उक्त शैक्षिक अभियानको सञ्चालन प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले २०७५ पुस १६ गते दाङको तुलसीपुुर उपमहानगरपालिका ७ स्थित कालिखोला माविबाट सुरु गरेका थिए भने उक्त अभियानको नारा ‘सामुदायिक विद्यालयमा गुणस्तर सम्भव छ’ भन्ने रहेको छ)

२. हालसालै विश्वमा कुन देशको विश्वविद्यालयले के नामको कुकुरलाई मानार्थ स्नातक उपाधि प्रदान गर्‍यो ?
अमेरिकाको विश्वविद्यालयले ग्रिफिन हले नामक कुकुरलाई
(स्मरण रहोस् २०१८ को डिसेम्बर १५ मा न्युयोर्कको क्लार्कसन विश्वविद्यालयले उक्त तालिमप्राप्त कुकुरलाई मानार्थ स्नातक उपाधि प्रदान गरेको हो)

३. विश्वको इतिहासमा पहेँलो क्रान्ति वा एल्लो रिभोलुसन भनेर कुन घटनालाई भनिन्छ ?
सन् १९८६ मा फिलिपिन्समा राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध त्यहाँका जनता सडकमा उत्रिएपछि भएको अंहिसात्मक आन्दोलन
(स्मरण रहोस् उक्त घटनामा आन्दोलनकारीहरू पहेँलो परिधानमा सडकमा उत्रिएका थिए)

४. नेपाल र भारतबीच इनर्जी बैंकिङ गर्ने निर्णयमा कहिले सहमति भयो ?
 २०७५ पुस ११

५. महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा विश्व बैंकले प्रदान गरेको इन्सपाइरिङ हिरोजको उपाधि प्राप्त गर्ने नेपाली महिला को हुन् ?
 सोना खटिक, कपिलवस्तु (पत्रकार)

६. गार्वा टापुको उचाइ कति फिट रहेको छ ?
 ९,४६२ फिट

७. सन् २०१९ जनवरीमा सार्वजनिक विश्व हक्की वरीयतामा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
 ८८औँ स्थानमा

८. सन् २०१८ को डिसेम्बर ३१ मा फिलिपिन्समा आएको आँधीलाई के नामकरण गरिएको छ ?
 उस्मन

९. २०७५ सालको प्रेस काउन्सिल राष्ट्रिय पत्रकारिता पुरस्कारबाट कसलाई सम्मानित गरियो ?
 कृष्णज्वाला देवकोटा र अरुण बराल
(स्मरण रहोस् उक्त पुरस्कारको राशि जनही २ लाख ५० हजार रहेको छ)

१०. बाबुले लेखेर छोराले पूरा गरेको कृति कुन हो ?
 कादम्बरी

११. सनातन हिन्दू धर्मको इतिहासमा पहिलो महिला शंकराचार्य भनेर कसलाई चिनिन्छ ?
 स्वामी हेमानन्द गिरी

१२. आयुर्वेद सेवा कार्यक्रम सञ्चालनमा उत्कृष्ट हुने प्रदेश कुन हो ?
 सुदूरपश्चिम प्रदेश

१३. चर्चित ऐतिहासिक महत्वको ठाउँ ढुंगे गढी नेपालको कुन जिल्लामा रहेको छ ?
प्युठान

१४. भ्रष्टाचार सूचकांक २०१८ अनुसार विश्वमा कम भ्रष्टाचार हुने ५ देश कुन–कुन हुन् ?
 डेनमार्क, न्युजिल्यान्ड, स्विट्जरल्यान्ड, स्विडेन र सिंगापुर

१५. विश्वमा सबैभन्दा धेरै संविधान फेर्ने मुलुक कुन हो ?
 डोमिनिकन रिपब्लिक

१६. ‘नेपालको दरबारमा कोही पनि कालगतिले मर्न पाएका छैनन्, तर म कालगतिले मर्ने प्रयास गर्नेछु’ यो भनाइ कसको हो ?
 माथवरसिंह थापा

१७. नेपालमा राष्ट्रिय वाणिज्य बैंकको स्थापना कहिले भयो ?
 २०२२ माघ १० गते

१८. नेपालको न्यायालयको इतिहासमा संसदीय सुनुवाइपश्चात् नियुक्त भएका पहिलो न्यायाधीश को हुन् ?
 केदारप्रसाद गिरी

१९. हालसालै संयुक्त राष्ट्रसंघीय मानवअधिकार प्रमुखमा नियुक्त हुने महिला को हुन् ?
 मिचेल ब्यासेलेट (चिली)
(स्मरण रहोस् उनी २०१८ अगस्ट १७ मा नियुक्त भएकी हुन्)

२०. नेपालको वर्तमान संविधानअनुसार संघका अधिकारहरूको सूचीबमोजिम संघलाई कतिवटा अधिकार प्रदान गरिएको छ ?
 ३५ वटा

२१.आदिकवि भानुभक्त आचार्यको पहिलो साहित्यिक कृति कुन हो ?
 बालकाण्ड

२२. वासिङमेसिनका आविष्कारक को हुन् ?
चाल्र्स स्टोन

२३. संघीय संसद्को महासचिवको नियुक्ति कसले गर्ने गर्दछ ?
 राष्ट्रपतिले

२४. बिमस्टेकको संयुक्त सैन्य अभ्यासलाई के नामकरण गरिएको छ ?
 माइलेक्स १८

२५. विश्व खुसी सूचकांक २०१९ अनुसार नेपाल कतिऔँ स्थानमा पर्न सफल भयो ?
 १००औँ स्थानमा

२६. स्थानीय प्रशासन ऐन २०२८ को पहिलो संशोधन कहिले भयो ?
२०३१ साउन १८

२७. हाल नेपालको प्रदेश नम्बर १ मा कति स्थानीय तह रहेका छन् ?
 १३७ स्थानीय तह

२८. ताराको जीवनकालको अन्त्यतिरको अवस्थालाई के भनिन्छ ?
 न्युट्रन स्टार

२९. काठमाडौंको साँखुको बज्रयोगिनीको रथयात्राको सुरुवातकर्ता को हुन् ?
 सूर्य मल्ल

३०. कुन देशका कुन विपक्षी नेताले हालसालै आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका छन् ?
 भेनेजुएलाका विपक्षी नेता हुवाँ गुएइदो
(स्मरण रहोस् उनले सन् २०१९ को जनवरी १३ मा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका हुन्)