१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १० आइतबार १०:०७:००
Read Time : < 1 मिनेट
सप्तरंग

कंगना मोदीको फ्यान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १० आइतबार १०:०७:००

बलिउड अभिनेत्री कंगना रनौत २३ मार्चमा आफ्नो ३२औँ जन्मदिन मनाउँदै छिन् । उनले फिल्म ‘ग्यांगस्टार’बाट बलिउडमा डेब्यु गरेकी थिइन् । उनी विभिन्न कारणले चर्चामा आइरहन्छिन् । यस्तैमा कंगनाले एक अन्तर्वार्तामा राजनीतिबारे पनि खुलेर कुरा गरेकी छिन् ।

केही दिनअघि कंगना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग देखिएकी थिइन्, जहाँ उनले राजनीतिमा प्रवेश गर्ने विषयमा आफ्नो धारणा राखेकी छिन् । उनले भनेकी छिन्, ‘नेसनलिस्ट र फन्डामेन्टलिस्टको बीच फरक छुट्टै देखिन्छ, धर्ममा मेरो कुनै विश्वास छैन, किनभने मेरो देश नै मेरो धर्म हो ।’ 

कंगनाले आफू भारतीय प्रधानमन्त्रीको ठूलो फ्यान भएको बताएकी छिन् । उनले देशको आलोचना गर्नु एक फेसन मात्र भएको बताएकी छिन् ।