Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल तस्बिर
२०७९ भदौ १० शुक्रबार १६:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एजेन्डा मिलेकाले माओवादीसँग चुनावी तालमेल : भट्टराई

Read Time : < 1 मिनेट
२०७९ भदौ १० शुक्रबार १६:५२:००

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकारसहितको संघीयताको मुद्दा मिलेका कारण माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको बताएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले शुक्रबार पार्टीको काठमाडौं जिल्ला प्रथम भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले अहिलेको संघीयता अपूर्ण छ भन्ने कुरामा माओवादी केन्द्रले उतिवेला नै नोट अफ डिसेन्ट लेखेको पनि स्मरण गरे।

‘संविधानका अपूर्णताहरू छन्। खासगरी संघीयता अपूर्ण छ। राष्ट्रपतीय प्रणालीलगायत शासकीय सुधारका कुरा अपूरो छ। सुशासन ल्याउने कुरा, समृद्धि ल्याउने कुरा यी सबै कुरामा एजेन्डा कोसँग मिल्छ भन्ने ढंगले हामीले सबैसँग कुराकानी गर्‍याैँ । अन्तिममा आउँदा हामीले के देख्यौँ भने हामीसँग अलि बढी नजिक एजेन्डा मिल्ने भनेको त माओवादीसँगै हो । त्यही पुरानै छोडेको माओवादीसँग के मिल्छ र भन्ने पनि पर्न सक्छ । तर, अरूको सापेक्षतामा संघीयता अपूर्ण छ, यसलाई पूर्णता गर्नुपर्छ भन्ने त माओवादी पार्टी हामी छँदै त्यतिवेलै नोट अफ डिसेन्ट लेखेर राखेको हो,’ उनले भने।

अध्यक्ष भट्टराईले माओवादी केन्द्रसँग सुशासनको सम्बन्धमा भने अन्तर्विरोध रहेको स्पष्ट पारे। उनले आफूहरू गलत तत्वहरुलाई साथ दिनु नहुने पक्षमा रहेको भन्दै यस सम्बन्धमा माओवादी केन्द्रसँग कुरा नमिलेको बताए।

भट्टराईले आफूहरू माओवादी केन्द्रमा प्रवेश गरेको नभई आगामी निर्वाचनका लागि तालमेल तथा कार्यगत एकता मात्रै गरेकोसमेत स्पष्ट पारेका छन्। एकताको सम्बन्धमा चुनावपछि मात्रै छलफल हुने भन्दै उनले माधव नेपालसहितको बृहत् समाजवादी केन्द्र निर्माणमा सहमति जुटे एकता हुन सक्ने बताए।