१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ भदौ १० शुक्रबार १५:१८:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कर्णालीको मन्त्रिपरिषद् समावेशी बनाउन माओवादीले फिर्ता बोलायो दुई मन्त्री

Read Time : < 1 मिनेट
२०७९ भदौ १० शुक्रबार १५:१८:००

कर्णाली प्रदेश सरकारलाई समावेशी बनाउन नेकपा (माओवादी केन्द्र)ले प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ। आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र ऊर्जा, जलस्रोतमन्त्री गणेशबहादुर सिंहलाई माओवादीले फिर्ता बोलाएको हो।

पार्टी केन्द्रको निर्देशनअनुसार सरकारमा रहेका दुई मन्त्रीलाई फिर्ता बोलाएर दलित र महिलाको सहभागिता हुने गरी नयाँ मन्त्री सरकारमा सहभागी हुने पूर्वमन्त्री एवं माओवादीको कर्णाली प्रदेश अध्यक्ष विमला केसीले बताइन्। ‘कर्णालीको मन्त्रिपरिषद् समावेशी भएन भनेर अदालत मुद्दासमेत पर्‍याे,’ उनले भनिन्,  ‘मन्त्रिपरिषद् समावेशी बनाउन दलित र महिला सरकारमा सहभागी गराउँछौँ।’

माओवादीले रुकुम पश्चिमबाट निर्वाचित सांसद रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यलाई मन्त्रिपरिषदमा पठाउँदै छ। नयाँ मन्त्रीहरूको शपथ एक–दुई दिनमा हुने अध्यक्ष केसीले बताइन्। ‘संसदीय दलको बैठकले निर्णय गरेर सरकारमा सहभागी हुनेहरूको नाम मुख्यमन्त्रीलाई सिफारिस गरिसकेका छौँ,’ उनले भनिन्, ‘एक–दुई दिनभित्रै सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएपछि कामी र शाह सरकारमा सहभागी हुनुहुन्छ।’

माओवादीका ११ सांसदमध्ये नौजना मन्त्री भइसकेका छन्। मन्त्री हुन बाँकी कामी र शाह पनि अब मन्त्री बन्ने भएका हुन्।