मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ चैत १० आइतबार १०:०२:००
Read Time : < 1 मिनेट
साहित्य

एघार नोभेम्बर सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १० आइतबार १०:०२:००

काङमाङ नरेश राईको कथासंग्रह ‘एघार नोभेम्बर’ शनिबार सार्वजनिक भएको छ । काठमाडौंस्थित मण्डला थिएटरमा भएको कार्यक्रममा कवि श्रवण मुकारुङ, लेखक तथा विश्लेषक झलक सुवेदी र समाजशास्त्री किशोर राईले पुस्तक विमोचन गरे ।

कार्यक्रममा श्रवण मुकारुङले आफू र नरेशले एउटै समाज र परिस्थिति भोगेको बताए । उनी लेखक मात्र नभएर विचार र सामाजिक अभियन्ता पनि भएको बताए । नेपालभित्रको पहिचानको संघर्ष र बाहिर लाहुरेहरूले बेलायतमा गरिरहेको संघर्षलाई कथामा उनिएको उनले बताए ।

झलक सुवेदीले नरेशका कथामा लाहुरेको चित्र र लडाइँमा नेपाली सहभागिताको चित्र पाइने बताए । अहिलेको राजनीतिक सन्दर्भलाई कथामा गाँस्न सक्नु नरेशको सबैभन्दा शक्तिशाली पक्ष रहेको उनले बताए । ‘यो कृति समसामयिक राजनीतिमाथिको हस्तक्षेप हो,’ उनले भने । समीक्षक कैलाश राईले कथाहरूमा विश्वका विभिन्न युद्धसँग नेपालीलाई जोडिएको बताइन् । ‘युद्ध विध्वंस हो, तर युद्धले धेरै नयाँ कुरा पनि जन्माउँछ भन्ने मूल विषय कथाहरूमा पाइन्छ,’ उनले भनिन् ।

पुस्तक फिनिक्स बुक्सले प्रकाशन गरेको हो । संग्रहमा युद्ध र यसका परिणाममा आधारित सात कथा छन् । १७२ पृष्ठको पुस्तकको मूल्य २५० रुपैयाँ छ ।