मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ चैत १० आइतबार ०९:५९:००
Read Time : < 1 मिनेट
सप्तरंग

मण्डलामा जोखना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १० आइतबार ०९:५९:००

कथाकार वियस राईको कथासंग्रह ‘हिउँ माझी’मा संगृहित कथा ‘जोखना’मा आधारित नाटकको मण्डला थिएटरमा पुनः मञ्चन सुरु भएको छ । अघिल्लो महिना नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन भएको नाटक शुक्रबारदेखि मञ्चन सुरु भएको हो । नाटक ८ वैशाखसम्म चल्नेछ । 

१० वर्षसम्म भएको द्वन्द्वमा श्रीमान् हराएपछि एउटी महिलाले भोग्नुपरेको कथालाई नाटकमा मर्मस्पर्शी ढंगले उतारिएको छ । नाटकमा किरात राई समुदायको जीवनशैली र किरात संस्कारलाई पनि देखाइएको छ । समकालीन समयको राजनीतिक र सामाजिक अवस्थालाई पनि नाटकले देखाउने कोसिस गरेको छ । 

वियस राईको कथालाई आख्यानकार राजन मुकारुङले नाट्य रूपान्तरण गरेका हुन् । नाटकको निर्देशन भने किरण चाम्लिङले गरेका छन् । नाटकमा संगीता थापा, मानहाङ लावती, अनील सुब्बा, पवित्रा राई, निशा पाख्रिन, कवि राई, सुदर्शन क्षेत्री, दिवान राई र मणि के राईको अभिनय छ ।