Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १० आइतबार ०९:५५:००
Read Time : < 1 मिनेट
साहित्य

सत्र कविको अनुहारको भीड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १० आइतबार ०९:५५:००

युवापुस्ताका १७ कविले लेखेका एक सय दुई कविताहरूको संग्रह ‘अनुहारको भीड’ सार्वजनिक भएको छ । काठमाडौंस्थित सर्वनाम थिएटरमा शनिबार आयोजित कार्यक्रममा आख्यानकार राजन मुकारुङ, समीक्षक गुरुङ सुशान्त र लेखिका वन्दना ढकालले कृति विमोचन गरे ।

आख्यानकार मुकारुङले युवाहरूको कामले आफू उत्साहित भएको बताए । तर, उमेरले मात्र कोही युवा नहुने उनको जिकिर थियो । ‘समाज परिवर्तनका लागि अग्रभागमा जो उभिन्छ, ऊ नै युवा हो, जस्तो ०६२/६३ सालको जनआन्दोलनमा गिरिजाप्रसाद कोइराला सबैभन्दा बढी युवा थिए,’ उनले भने, ‘अनुहारको भीड पढ्दै जाँदा यो पुस्ताका कतिपय कवि साँच्चै युवा लागे, कोही प्रौढ भइसकेको भान भयो ।’

लेखिका वन्दना ढकालले ‘अनुहारको भीड’को पाण्डुलिपि पढिसकेपछि नेपाली कविताको उज्यालो ढोका खुल्दै गरेको महसुस भएको बताइन् । यो कविताको किताबले नयाँ कविहरूको अनुहार प्रस्ट देखाएको उनको भनाइ थियो ।

संग्रहमा अनमोल कँडेल, अर्पण उत्कर्ष, विवश वायु, विनय सरगम, विष्णु सन्न्यास, जनक कार्की, जयन्ती सरगम, मनोज मुस्किल, मनोज विश्वकर्मा, नवीन प्यासी, निर्भीकजंग रायमाझी, रसिक राज, समर्पण श्री, सम्पदा रिजाल, शरद ऋतु, शिखर भट्ट र सुरज रानाका कविता छन् । पुस्तकको सम्पादन नवीन प्यासीले गरेका हुन् । इन्डिगो इन्कले प्रकाशन गरेको कृति २७९ पृष्ठको छ । यसको मूल्य ३५० रुपैयाँ छ ।