मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १० आइतबार ०९:४०:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

मोबाइलमा इन्टरनेट चलाउँदा...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १० आइतबार ०९:४०:००

मोबाइलबाटै अनलाइन समाचार तथा किताब पढ्ने बानी छ भने पेज खोजिसकेपछि मोबाइलको सर्टकर्ट बटममा गएर डाटा अफ गर्नुहोस् । डाटा अफ गरेर पनि पढ्न सकिन्छ ।

मोबाइलको एप अटोमेटिक अपडेट हुने सेटिङलाई सच्याउनुस् र वाइफाई हुँदा मात्रै अपडेट हुने गरी सेट गर्नुहोस् ।

डाटा लिमिट सेट गर्नुस् । यसले स्वचालित रूपमा मोबाइलको डाटा जोगाउँछ ।

ब्याकग्राउन्ड डाटा अफ गर्नुस् । मोबाइलको एप डाटा युजमा गएर ‘रेस्ट्रिक्ट एप ब्याकग्राउन्ड डाटा’ सेट गर्नुहोस् ।

अफलाइन नेभिगेसन प्रयोग गर्नुहोस् । अफलाइनमै तपाईंले युट्युबमा भिडियो हेर्न सक्नुहुन्छ, गीत सुन्न सक्नुहुन्छ । 

यसका अलवा तपाईंले सकेसम्म भिडियो तथा अनलाइनबाट म्युजिक वाइफाईको प्रयोग गर्नुहोस् ।

मोबाइल सेवाप्रदायकको रेगुलर डाटाभन्दा पनि डाटा प्याकमा आधारित सेवा लिनुपर्छ । जसले गर्दा कम मूल्यमा बढी डाटा लिन सकिन्छ ।