मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
समाचार डिजिटल संस्करण

राष्ट्रपति र पूर्वसैनिक अधिकारीकाे भेटले शंका जन्मायो : नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ९ बिहीबार १७:०५:००

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक अधिकारीहरूसँग भेट गर्नुले शंका जन्माएको बताएका छन्। बिहीबार पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

बुधबार शीतलनिवासमा सेनाका सात दर्जन पूर्वजर्नेलसँग राष्ट्रपति भण्डारीले रात्रिभोजसहित परामर्श गरेकी थिइन् । राष्ट्रपतिको उक्त कदमले कुनै अनिष्ट हुने हो कि भन्ने संशय पैदा भएकाे नेपालकाे भनाइ छ। राष्ट्रपति र सेनाका अधिकारीहरूबीच भएको भेटवार्ताको सम्बन्धमा गठबन्धन बैठकमा पनि छलफल भएको बताउँदै उनले भने, ‘राष्ट्रपतिले जुन ढंगले पूर्वसैनिक अधिकारीहरूलाई बोलाएर राष्ट्रपतिनिवासमा भोजन, डिनर दिने काम भयो यसले शंका जन्माएको छ। के गर्न खोजेका छन् राष्ट्रपतिले ? भन्ने प्रश्न खडा भएको छ। भोलि कतै अनिष्ट त हुने होइन भन्ने प्रश्नहरू पनि खडा भएको छ।’

अध्यक्ष नेपालले नेपाली राजनीतिमा प्रतिगामी र राजतन्त्रवादी,  विदेशी शक्तिहरूको क्रियाशीलताका विषयलाई पनि आफूहरूले नियालिरहेको जिकिर गरे। ‘हामीले राष्ट्रिय राजनीतिका यी सबै पक्षहरूको बारेमा निगरानी गरिरहेका छौँ। प्रतिगामी शक्तिहरू, दरबारवादी शक्तिहरू, राजतन्त्रवादी शक्तिहरू, विदेशीहरूको दलाली गर्ने शक्तिहरू नेपालको राजनीतिमा कत्तिको क्रियाशील छन्, यी सबै कुरामा पनि हाम्रो नजर छ,’ उनले भने।

यो पनि : राष्ट्रपतिले राजनीतिक निर्णय लिने संकेत