१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ९ बिहीबार १२:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१६५ वटै निर्वाचन क्षेत्रको प्रतिवेदन तयार पार्न कार्यदललाई निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ९ बिहीबार १२:५७:००

सत्तारूढ गठबन्धनले देशका सबै निर्वाचन क्षेत्रको अवस्थाको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदललाई निर्देशन दिएको छ। बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एक सय ६५ वटै निर्वाचन क्षेत्रको अवस्थाबारे अध्ययन गरी विस्तृत प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सो कुराको जानकारी दिए। उनले गठबन्धनका शीर्ष नेताहरूले दिएको निर्देशनअनुसार कार्यदलले छलफल गरेर नेतृत्वलाई प्रतिवेदन बुझाउने बताए। 

‘कार्यदलमै जिम्मेवारी दिने निर्देशन भएको छ। आज हामी ४ बजे कार्यदलको बैठक बसेर शीर्षस्थ नेताहरूले दिएको निर्देशनअनुसार समग्र रूपमा छलफल गरेर प्रतिवेदन नेतृत्वलाई बुझाउने निर्णय भएको छ। अब कार्यदललाई आधार तयार गरेर अहिलेको परिस्थितिमा एक सय ६५ निर्वाचन क्षेत्रको अवस्था के–कस्तो छ, त्यसबारे विस्तृत प्रतिवेदन बनाएर पेस गर्ने कार्यदललाई निर्देशन प्राप्त भएको छ,’ उनले भने।