१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १० आइतबार ०९:३५:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

रिस शान्त पार्ने  सरल उपाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १० आइतबार ०९:३५:००

रिस एउटा सामान्य भावना हो । यद्यपि, रिसकै कारणले कहिलेकाहीँ विभिन्न समस्या निम्तिन सक्छन् । झै–झगडा, द्वन्द्व, कलह, आक्रमण, हत्याजस्ता गम्भीर समस्या पनि रिसकै कारणले हुन्छन् । रिसलाई नियन्त्रण गर्न नसकेमा मानिस जे पनि गर्न उद्यत हुन्छ । र, पछि गएर पश्ताचाप गर्नुपर्ने हुन्छ । त्यसैले, अब जानौँ, रिस शान्त पार्ने केही उपाय :

रिस शान्त गर्न १० देखि उल्टो संख्याहरू गन्नुहोस् । यदि, धेरै रिस उठेको छ भने १०० बाट सुरु गर्न सकिन्छ । यसले धड्कनको गतिलाई ढिलो गर्छ, जसबाट स्वतः रिस नियन्त्रण हुन्छ । 

लामो र गहिरो सास लिनुहोस् । जति छिटो सास फे¥यो त्यति नै मात्रामा रिस बढ्ने भएकाले यसो गर्दा शान्त बन्न सहज हुन्छ ।

यताउति हिँड्नुहोस् । एक्सरसाइजले मांसपेशीमा चाल उत्पन्न हुन्छ, जसले गर्दा बिस्तारै रिस कम हुँदै जान्छ । 

आफूलाई मनपर्ने कुनै मन्त्र उच्चारण गर्नुहोस् । यसले दिमाग एकत्रित हुन सघाउँछ । र, बिस्तारै रिसलाई दबाउन सकिन्छ  । 

गर्दन तथा घाँटीको एक्सरसाइज गर्नुहोस्, जसले योगको काम गर्छ । जुन भावनालाई नियन्त्रण गर्ने सजिलो उपाय हो । 

शान्त ठाँउमा गएर बस्नुहोस् । आँखा बन्द गरेर मनपर्ने दृश्यहरू कल्पना गर्नुहोस् । सुरुमै भावना नियन्त्रण गर्न नसकिए पनि एक छिन आराम गरेर कल्पना गर्न सकिन्छ । यसले पूर्ण रूपमा रिसबाट टाढा राख्दछ । 

रिस कम गर्न संगीत सुन्न सकिन्छ । त्यस्तै, कतै शान्त ठाउँमा घुम्न निस्कनुस् । तर, जोखिमयुक्त ठाउँमा भने जानुहुँदैन ।