१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ९ बिहीबार ०६:०९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखरामा नेपाल लाइफको लिडरसिप एक्सिलेन्स अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ९ बिहीबार ०६:०९:००

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा तीनदिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका कर्मचारी तथा अभिकर्ताहरूलाई सम्मान गर्दै कार्यक्रम आयोजना भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले विगतका दिनमा कम्पनीले हासिल गरेका उपलब्धिका विषयमा समीक्षा र चालू आर्थिक वर्षमा कम्पनीले लिने रणनीतिका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा कम्पनीका लागि विशिष्ट योगदान पु¥याएका दुईजना अभिकर्तालाई जनही एक लाख रुपैयाँसहित विशेष सम्मान गरिएको जनाइएको छ । त्यस्तै, नेपाल लाइफको प्रतिनिधित्व गर्दै अमेरिकाको बोस्टनमा सम्पन्न एमडिआरटी सम्मेलनमा सहभागी जयसरा शर्मा पंगेनी र लमही शाखाका अभिकर्ता युवराज धितालले सर्वोच्च शिखर सगरमाथा चढी नेपाल लाइफको झन्डा फहराएकोमा सम्मान गरिएको कम्पनीले जनाएको छ ।

कोभिड– १९ का कारण तीन आर्थिक वर्षदेखि अभिकर्ताहरूको सम्मेलन हुन नसकेकोमा यो सम्मेलनमा कम्पनीले विगत तीन आर्थिक वर्षमै एजेन्सी म्यानेजर र अभिकर्ता क्याटेगोरीमा सबैभन्दा उत्कृष्ट रहेका प्रत्येक वर्ष ५० मा पर्नेहरूलाई चयन गरी सम्मेलनमा उपस्थित गराइएको जनाइएको छ । यसरी सहभागी हुने दुई सय पाँचजना अभिकर्ताहरूलाई सिल्ड तथा प्रमाणपत्रसहित सम्मान गरिएको कम्पनीले जनाएको छ । सम्मानितमध्ये प्रत्येक वर्ष पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने अभिकर्तालाई क्रमशः दुई लाख ५१ हजार रुपैयाँ, एक लाख ३५ हजार रुपैयाँ र ७५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको जनाइएको छ ।

कार्यक्रममा बैंकर तथा मोटिभेसन स्पिकर अनिलकेशरी शाहले कार्यक्रममा उपस्थित सम्पूर्णमा मोटिभेसन स्पिच दिएका थिए । उनले आफ्नो ३२ वर्षे बैंकिङ अनुभवका साथ सबैलाई उत्प्रेरणा, हौसला प्रदान गर्दै आ–आफ्नो कामप्रति उत्साहित बनाएको कम्पनीले जनाएको छ ।