मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १० आइतबार ०९:२९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

किन गरिन्छ कस्मेटिक सर्जरी ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १० आइतबार ०९:२९:००

एस्थेटिक सर्जरी प्लास्टिक सर्जरीको एउटा अंग हो । यसलाई आमभाषामा कस्मेटिक सर्जरी भन्ने गरिन्छ । पछिल्लो समयमा युवापुस्तामाझ कस्मेटिक सर्जरी लोकप्रिय बन्दै गइरहेको छ । यसका लागि नेपालमा पनि दक्ष जनशक्ति उपल्ब्ध छन् । जो आफ्नो सुन्दरतामा अलि धेरै नै ध्यान दिन्छन्, उनीहरूका लागि प्लास्टिक सर्जरी बढी उपयोगी हुन्छ । जसमा विशेषगरी, मोडेल, कलाकार आदि पर्छन् । 

गरिने कारण
शरीरका बाहिरी अंगमा कुनै कमजोरी भएमा वा सुन्दर देखिन कस्मेटिक सर्जरी गरिन्छ । विशेषगरी, अनुहारमा नमिलेको भाग मिलाउन, चाउरिएको छाला तन्काउन, आँखाको साइज ठिक्क बनाउन, नाक, छाला, कान, गाला, निधार आदि मिलाएर सुन्दरतामा निखार ल्याउन सर्जरी गर्न सकिन्छ । 

आगोले पोलेको ठाउँ, चोटपटक वा अन्य दुर्घटनाबाट परेको घाउ हटाउनसमेत एस्थेटिक सर्जरी आवश्यक हुन्छ । 

स्तन सानो वा ठूलो बनाउन र मोटोपन घटाउन पनि यसको आवश्यकता छ ।

किसिम
ब्लेफारोप्लास्टी आँखामा गरिने सर्जरी हो । यसको माध्यमले आँखा सानो भएमा ठूलो वा आर्कषक बनाउने तथा ठूलो भएमा ठिक्कको बनाइन्छ । खासगरी मंगोलियन समुदायका मानिसले यसलाई बढी प्रयोग गर्छन् । 

ठूलो वा नमिलेको नाकलाई सुन्दर देखाउन राइनो सर्जरी गरिन्छ । त्यस्तै, चिक अयुग्मेन्टेसनबाट गालासँगै अनुहार मिलाउन सकिन्छ । 

सिलिकन ब्रेस्ट इम्प्लान्टबाट स्तनको साइज मिलाउन र हिप इम्प्लान्ट सर्जरीबाट मोटोपन घटाउन सकिन्छ । यसरी शरीरका भिन्न–भिन्न अंगमा फरक–फरक तरिकाले सर्जरी गर्न सकिन्छ ।

सावधानी
कस्मेटिक सर्जरीपछि अंग र अवस्था हेरेर सामान्य अवस्थामा आउन समय लाग्न सक्छ । जस्तै, छाला टाइट गर्ने, पेट र हिप घटाउने खालका शल्यक्रियापछि सामान्य अवस्थामा आउन बढी समय लाग्छ । जुन तुलनात्मक रूपमा बढी खर्चिला पनि हुन्छन् । 

कहिलेकाहीँ शल्यक्रियाबाट सुन्दरतामा निखार ल्याउने भएकाले संक्रमण हुने सम्भावना रहन्छ । त्यस्तै, औषधिको सेवन र आराम गर्नुपर्ने भएकाले आफ्नो हेरचाहमा ध्यान पुर्‍याउनुपर्छ । 

नेपालमा एस्थेटिक सर्जरी सर्वसुलभ भए पनि महँगो पर्छ । त्यसैले, यसमा सबैको पहुँच भएको पाइँदैन । सर्जरीका दौरान सिलिकन एम्प्लान्ट आदि प्रयोग गरिने भएकाले पनि महँगो पर्ने गरेको हो ।