मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका महोत्तरी
२०७९ भदौ ९ बिहीबार ०८:२९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

निहारिकाको बच्चा र आरोपीको डिएनए परीक्षण गर्न उच्च अदालतको आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
२०७९ भदौ ९ बिहीबार ०८:२९:००

उच्च अदालत जनकपुरले निहारिका राजपुतको बच्चा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश दिएको छ । बुधबारको सुनुवाइपछि न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेयको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । 

अदालतले उच्च सरकारी वकिल कार्यालय जनकपुरमार्फत राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा निहारिकाको रोहवरमा डिएनए परीक्षण गराउन आदेश दिएको हो । बुधबार सरकारतर्फबाट उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता यदुनाथ शर्मा र जाहेरवालाको तर्फबाट सुनिता रेग्मी, मीरा ढुंगाना, शान्ति रिजाल तथा रिंकु यादवले बहस गरेका थिए ।

महोत्तरीको जलेश्वर नगरपालिका– ९ फुल्हट्टानिवासी निहारिका राजपुतले काठमाडौंमा अध्ययनका क्रममा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका शिवराज श्रेष्ठले आफूलाई बलात्कार गरेको र हालको बच्चा उनकै रहेको दाबी गर्दै आएकी छिन् । आफूले न्याय पाउनुपर्ने माग गर्दै उनी दुईपटकसम्म आमरण अनशनमा बसेकी थिइन् । बलात्कार आरोपी श्रेष्ठ र आफ्नो बच्चाको डिएनए परीक्षण गर्न सरकार सहमत भएपछि उनले अनशन तोडेकी थिइन् ।