१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ९ बिहीबार ०८:०१:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

‘प्राकृतिक भोजन स्वस्थ जीवन’ लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ९ बिहीबार ०८:०१:००

पतञ्जली योग समिति भक्तपुरका अध्यक्ष केदार खड्काले लेखेको पुस्तक ‘प्राकृतिक भोजन स्वस्थ जीवन’को लोकार्पण गरिएको छ । योग समिति भक्तपुरको १६औँ स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा पुस्तक विमोचन गरेका हुन् । 

कार्यक्रममा प्रमुख अतिथि समितिका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्रले सम्पूर्ण नेपालीलाई स्वस्थ राख्ने अभियानलाई सफल र सार्थक बनाउन लेखक खड्काले एक दशकदेखि प्रयत्न गरिरहेका बताए । पुस्तकमा हाम्रो घरवरिपरी भएका तरकारी, फलपूmल, अन्न, हाम्रो भान्छाको मसला आदिलाई सही तरिकाले प्रयोग गर्न सके औषधिको काम गर्ने र गलत तरिकाले प्रयोग गरे विषको काम गर्ने उल्लेख छ । यसकारण, सधैँ प्राकृतिक भोजन गर्न लेखकले पुस्तकमार्फत उत्प्रेरित गरेको मिश्रले प्रस्ट्याए ।

कोभिड महामारीले विश्वलाई गाँजेका वेलामा पुस्तक रचना गरेको लेखक खड्काले स्मरण गरे । मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढी भयो भने कुनै पनि रोगले केही गर्न सक्दैन भन्ने पाठ आममानिसलाई कोभिडले सिकाएको उनको भनाइ छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन नियमित व्यायम, उचित भोजन र तनाव व्यवस्थापन जरुरी रहेको पुस्तकमा प्राकृतिक भोजनका बारेमा जानकारी दिने प्रयास रहेको खड्काले बताए ।