मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ भदौ ९ बिहीबार ०६:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

समृद्ध माडीको सपना पूरा गर्न प्रतिबद्ध छु : प्रचण्ड

Read Time : < 1 मिनेट
२०७९ भदौ ९ बिहीबार ०६:४६:००

माओवादी अध्यक्ष प्रचण्डले नयाँ, समृद्ध र सभ्य माडी बनाउने सपना बाँकी नै रहेको बताएका छन् । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि पुनः उम्मेदवार बन्ने तयारीमा रहेका प्रचण्डले बुधबार माडीका मतदातासमक्ष त्यस्तो बताएका हुन् । 

माडी मणि बन्ने गरी रोपिएका बिरुवा फुल्ने र फल्ने संकेत देखिए पनि माडीका लागि आवश्यक केही काम गर्न बाँकी नै रहेको उनले बताए । ‘मेरा सपना मरेका छैनन् । तपाईंहरूले मौका दिनुभयो भने बाँकी रहेका काम अझ गुणात्मक प्रतिफल आउने गरी पूरा गर्नेछु,’ उनले भने । 

माणिको विकासमा तल्लीन भएर लागेको आफूलाई तत्कालीन प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी ओलीले असफल बनाउन खोजेको उनले आरोप लगाए । ‘माडीलाई मणि बनाउने भाषण गर्दा म र केपी ओली एकै मञ्चमा थियौँ । तर, उनले चितवनमा प्रचण्ड असफल बनाउन खोज्नेबाहेक केही गरेनन् । दुई वर्ष कोरानाले गर्दा ठप्प भयो । तैपनि माडीमा विकासले गति लिएको छ । म खुसी नै छु ।’

प्रचण्ड माडीका सबै जनताको मुहारमा खुसी नआउँदासम्म चुप लागेर बस्ने अवस्था नभएको बताए । ‘म काम पूरा नगरी श्वास फेर्नेवाला छैन्, किनभने मैले माडी र चितवनको विकासलाई राष्ट्रको विकासको मोडलका रूपमा परिकल्पना गरेको छु ।’ वन तथा वातावरणमन्त्री प्रदीप यादवले प्रचण्डजस्तो नेता पाउनु गौरवको कुरा भएको बताए ।