मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ८ बुधबार २३:५२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तरकारी फलफूल साकोसले दियो महिला सेयर सदस्यलाई सहकारी शिक्षा

आर्थिक सवलीकरणले मात्र महिला सशक्तिकरण सम्भव छ : उपमेयर डंगोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ८ बुधबार २३:५२:००

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आर्थिक रूपमा सबल बने मात्र महिला सशक्तीकरण सम्भव हुने बताएकी छिन् । तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाको सदस्य सहकारी शिक्षा कार्यक्रममा उपप्रमुख डंगोलले यस्तो बताएकी हुन् । 

आर्थिक रूपमा सबल महिला आत्मनिर्भर हुने भन्दै उनले त्यस्ता महिलाले मात्र निर्णय प्रक्रियामा प्रभावकारी भूमिका खेल्न सक्ने भएको आर्थिक बचतमा महिलाले विशेष जोड दिनुपर्ने बताइन् । थोरै–थोरै भए पनि जम्मा गर्ने बानी बसाल्न महिलालाई सुझाव दिँदै उनले भनिन्, ‘एक थुकी सुकी, सय थुकी नदी भनिन्छ । जम्मा गर्ने बानी हामी सबैले विकास गर्नुपर्दछ ।’

उनले कालिमाटी तरकारी बजारमा क्रियाशील महिलाको आर्थिक सबलीकरणमा तरकारी फलफूल साकोसले खेलेको भूमिकाको प्रशंसा गरिन् । संस्थाले सोही क्रममा हरितालिका तिजका अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रमसमेत गरेको थियो । त्यसका लागि शुभकामना दिँदै उनले स्वास्थ्यको ख्याल राखेर व्रत बस्न आग्रह गरिन् । 

संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ काठमाडौंकी सञ्चालक अमरावती महर्जन, संस्थाका पूर्वअध्यक्ष उज्ज्वल कार्की, सल्लाहकार भरतप्रसाद खतिवडालगायतले शुभकामना व्यक्त गरेका थिए । 

बागवानी विकास केन्द्र कीर्तिपुरमा भएको कार्यक्रममा संस्थाका व्यवस्थापक विमला पुडासैनीले संस्थाको वर्तमान आर्थिक अवस्थाबारे प्रस्तुति दिएकी थिइन् । कार्यक्रममा दुई सयभन्दा बढी महिला सेयर सदस्य सहभागी थिए । 

कालिमाटी तरकारी बजारभित्र मुख्य कार्यालय रहेको यस संस्थामा दुई हजार सेयर सदस्य छन् । व्यवस्थापक पुडासैनीका अनुसार तीमध्ये ४० प्रतिशत महिला सेयर सदस्य छन् ।