१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस तुलसीपुर
२०७९ भदौ ८ बुधबार ११:४८:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कर्णालीमा फोहोरबाट ऊर्जा निकाल्न रकम विनियोजन

Read Time : < 1 मिनेट
रासस, तुलसीपुर
२०७९ भदौ ८ बुधबार ११:४८:००

फोहोरलाई ऊर्जामा रूपान्तरण गर्न कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले प्रविधि जडान गर्न लागेको छ। यसका लागि मन्त्रालयले चालू आव ०७९/८० बजेट विनियोजन गरेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए।

उनले भने, ‘कर्णालीका सबै क्षेत्रमा जतिसक्दो सबैलाई उज्यालो पुर्‍याउनका लागि फोहोरबाट ऊर्जा निकाल्न लागिएको हो।’ उनका अनुसार मन्त्रालयले पहिलो चरणमा रु २० लाख विनियोजन गरेको छ।  मन्त्री सिंहले भने, ‘यो काम सफल भएमा फोहरबाट विद्युत् निकाल्न अन्य ठाउँमा पनि विस्तार गर्छौँ।’

मन्त्रालयका सचिव देवराज निरौलाले भने, ‘कर्णालीमा यो पहिलो अभ्यासका रूपमा लिइएको छ। मूलतः सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा सौर्य प्रविधि जडान कार्यसमेत गर्दै छौँ।’

मन्त्रालयका योजना महाशाखाका प्रमुख गोपाल शर्माले फोहोरबाट ऊर्जा उत्पादनका लागि सुर्खेतको वीरेन्द्रनगर, रुकुम पश्चिमको चौरजहारी, जुम्ला खलंगा, जाजरकोटको कुदु, दल्ली, कालीमाटी, सल्यानका बाक्लो बस्ती रहेका बस्ती तथा समुदाय सम्भावित रहेको जानकारी दिए। उनका अनुसार विद्युतकाे बढ्दो माग र १३२ केभी प्रसारण लाइन निर्माण कार्य पूरा नभएकाले विभिन्न वैकल्पिक रूपमा ऊर्जा उत्पादन गरी जनतालाई उज्यालो उपलब्ध गराउने अभियानलाई तीव्रता दिएको छ।