१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १० आइतबार ०९:०९:००
Read Time : > 3 मिनेट
सेयर बजार

सातामा १५ अंक घट्यो नेप्से

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १० आइतबार ०९:०९:००

अघिल्लो साता २७ अंक बढेको बजार गत साता १५ अंक घटेको थियो । अल्पकालीन लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लागेपछि बजारमा करेक्सन भएको हो । गत साता चार कारोबार दिनका लागि बजार खुला रहेको थियो । सोमध्ये तीन कारोबार दिन नेप्से ओरालो लागेको थियो भने एक दिन बढेको थियो । गत साताको बजारलाई होली पर्वले पनि केही प्रभावित पारेको एक लगानीकर्ताले बताए । पर्वको वातावरणले लगानीकर्ता मंगलबार बजारमा खासै सक्रिय नभएको उनको भनाइ छ । यसले कारोबार रकममा कमी ल्याएको थियो । 

अहिले बजारमा पुँजी बजार सुधार तथा विस्तारका कार्यले गति लिइरहेको छ । सोही कारण बजारले सकारात्मक गति लिने लगानीकर्ताले अपेक्षा गरेका छन् । नेपाल धितोपत्र बोर्डले आगामी वैशाखदेखि पाँच लाखभन्दा बढी रकमको सेयर खरिदबिक्री गर्ने लगानीकर्तालाई प्यान अनिवार्य गर्ने भएको छ । यस व्यवस्थालाई केही लगानीकर्ताले सकारात्मक लिएका छन् भने केहीले खण्डन गरेका छन् । यसले पनि गत साताको बजारमा केही प्रभावित पारेको छ । 

बजार सारांश
गत साता नेप्से परिसूचक १४ दशमलव ९० अंक घटेर एक हजार एक सय ४० दशमलव ६० विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स सो साता तीन दशमलव ६३ अंक घटेर दुई सय ४२ दशमलव ४७ विन्दुमा पुगेको छ । 

त्यसैगरी, फ्लोट इन्डेक्स एक दशमलव २४ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स एक दशमलव २७ अंक घटेको छ । सो साता एक सय ८९ कम्पनीको १७ हजार सात सय नौ पटकको कारोबारमा एक अर्ब १६ करोड २२ लाख ४७ हजार रुपैयाँबराबरको ४३ लाख ९३ हजार सात सय ८७ कित्ता सेयर खरिदबिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : गत साताको अन्तिम कारोबार दिन नेप्सेको १४ दिने आरएसआई ५१ दशमलव ५७ स्केलमा पुगेको छ । न्यूट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियोः नेप्सेको एडी रेसियो गत साता शून्य दशमलव २० रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । सो साता कारोबारमा आएका एक सय ८९ कम्पनीमध्ये २६ कम्पनीको सेयरमूल्य बढेको छ भने एक सय २९ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ३४ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

गत साताको पिभट विश्लेषण गर्दा, नेप्सेको पिभट विन्दु एक हजार एक सय ४८ दशमलव ५३ रहेको छ । आगामी साता नेप्से ओरालो लागे एक हजार एक सय ३१ दशमलव ६५ विन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने एक हजार एक सय २२ दशमलव ७० विन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे एक हजार एक सय ५७ दशमलव ४८ विन्दुमा पहिलो प्रतिरोध र एक हजार एक सय ७४ दशमलव ३६ विन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 

सर्वाधिक कारोबार हुनेमा ग्लोबल आइएमईको संस्थापक सेयर
गत साता कारोबार रकम र सेयर संख्याका आधारमा ग्लोबल आइएमई बैंकको संस्थापक सेयर अगाडि रहेको छ । सो वाणिज्य बैंकको गत साता १३ पटकको कारोबारमा नौ करोड ३७ लाख १५ हजार रुपैयाँ बराबरको पाँच लाख ३० हजार नौ सय २९ कित्ता सेयर खरिदबिक्री भएको छ । 

त्यसैगरी, नेपाल लाइफ इन्स्योरेन्सको चार करोड ८७ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । कारोबार संख्याका आधारमा भने गत साता अपर तामाकोशी अगाडि रहेको छ । 

सो जलविद्युत कम्पनीको गत साता एक हजार पाँच सय पाँच पटकको कारोबारमा तीन करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

३३ प्रतिशत बढ्यो आशा लघुवित्तको सेयरमूल्य
गत साता आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सर्वाधिक ३२ दशमलव ८१ प्रतिशत बढेको छ । त्यसैगरी, सिन्धु विकास बैंकको सेयरमूल्य १६ दशमलव १३ प्रतिशत, युनाइटेड फाइनान्सको १४ दशमलव ३६ प्रतिशत र श्रीराम सुगर मिल्सको सेयरमूल्य १३ दशमलव ४५ प्रतिशत बढेको छ । 

गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्य गत साता ३२ दशमलव ८९ प्रतिशत घटेको छ । कारोबारमा आएका एनआइसी एसिया ग्रोथ फन्ड, सिटिजन्स म्युचुअल फन्ड र सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको इकाइमूल्य १० प्रतिशतभन्दा बढी घटेको छ ।  

दुई  समूहको बढ्यो, नौ समूहको घट्यो
गत साता कारोबारमा आएको ११ समूहमध्ये दुई समूहको परिसूचक बढेको छ भने नौ समूहको परिसूचक घटेको छ । सो साता उत्पादनमूलक समूहको परिसूचक ३९ दशमलव ४९ अंक र वित्त समूहको ६ दशमलव ७९ अंक बढेको छ । 

निर्जीवन बिमा समूहको परिसूचक गत साता एक सय २५ दशमलव ९६ अंक, जीवन बिमा समूहको एक सय १२ दशमलव ६७ अंक, जलविद्युत् समूहको ६६ दशमलव शून्य तीन अंक, लघुवित्त समूहको २८ दशमलव ३६ अंक,       होटेल समूहको २६ दशमलव ४६ अंक, विकास बैंक समूहको १७ दशमलव ५५ अंक, वाणिज्य बैंक समूहको १२ दशमलव ८४ अंक, व्यापार समूहको पाँच दशमलव ६६ अंक र अन्य समूहको पाँच दशमलव शून्य एक अंक घटेको छ ।

आठ करोड कित्ता सेयर सूचीकृत
गत साता नेप्सेमा ७ कम्पनीहरूले कुल आठ करोड ११ लाख ५५ हजार सात सय ४६ दशमलव १७ कित्ता सेयर सूचीकृत गरेका छन् । युनिभसर्ल पावर कम्पनी लिमिटेडले गत साता दुई करोड १० लाख तीन हजार ५० कित्ता र शिवम् सिमेन्ट्सले ४ करोड ४० लाख कित्ता आईपिओ नेप्सेमा सूचीकृत गरेका हुन् । त्यसैगरी, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले ७ लाख तीन हजार एक सय दशमलव चार कित्ता, साना किसान विकास बैंकले १५ लाख ७२ हजार ६९ दशमलव ८२ कित्ता, सिटिजन इन्टरनेशलन बैंकले २९ करोड १४ लाख चार सय ५७ दशमलव ७३ कित्ता, एनएमबि बैंकले ८७ करोड ४३ लाख सात सय ८४ दशमलव २२ कित्ता र बुटवल पावर कम्पनीले २२ करोड १८ लाख ८ सय ३४ कित्ता सेयर सूचीकृत गरेका छन् ।