१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ८ बुधबार १०:२९:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

टुबोर्ग ओपन २०२२ मा इमर्जिङ कलाकार भेकले पाए मौका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ८ बुधबार १०:२९:००

चर्चित अमेरिकी संगीतकर्मी जेसन डेरुलोले नेपाली कलाकार भेकलाई लोकप्रिय कलाकार बन्न मार्गदर्शन गरेका छन् । टुबोर्ग ओपेनको यस वर्षको मूल थिम ‘टेक द स्टेज’अनुसार मेन्टरसिप प्रदान गर्दै डेरुलोले लोकप्रिय कलाकार बन्न मार्गदर्शन गरेका हुन् । भेक हाल नेपाल फर्किसकेका छन् । 

डेरुलो अमेरिकी गायक तथा गीतकार हुन् । उनले आफ्नो पहिलो एकल गीतबाट अन्तर्राष्ट्रिय ख्याति कमाएका थिए । उनको उक्त गीत अमेरिका र न्युजिल्यान्डमा एक नम्बरमा पुग्न सफल भएको थियो । उनका ‘लजेबी बेबी’, ‘स्वाल्ला’, ‘सेभेज लभ’लगायत गीत हिट छन् । 

भेक नेपाली सांगीतिक आकाशमा पछिल्लो पुस्ताका उदीयमान लोकप्रिय संगीतकर्मी हुन् । उनले पनि छोटो समयमै लोभलाग्दो लोकप्रियता कमाएका छन् । उनका ‘एक्लै जिउन सिकेँ’, ‘मायालु’, ‘लै बरी लै’जस्ता गीत चर्चित छन् । यी गीतले युट्युबमा लाखौँ भ्युज कटाएका छन् ।