Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७५ चैत १० आइतबार ०९:०८:००
Read Time : > 1 मिनेट
विश्व

मुख्य दलमाथि प्रतिबन्धबीच थाइल्यान्डमा आमनिर्वाचन 

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ चैत १० आइतबार ०९:०८:००

थाइल्यान्डमा आइतबार आमनिर्वाचन हुँदै छ । प्रमुख राजनीतिक दलमाथिको प्रतिबन्धबीच हुन लागिरहेको निर्वाचनबारे राष्ट्रिय तथा अन्तर्राष्टिय समुदायको चासो बढेको छ । निर्वाचनमा प्रमुख दल नै सहभागी नभएपछि निर्वाचनको पूर्णतामाथि समेत चौतर्फी आशंका बढेको छ । पूर्वप्रधानमन्त्रीद्वय थाक्सिन सिनावात्रा र यिङ्लक सिनावात्राको थाई रक्षा चार्ट पार्टीलाई अदालतले प्रतिबन्ध लगाएपछि सो पार्टीे निर्वाचनमा सहभागी हुन पाउनेछैन । थाई राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव गरेपछि राजाको निर्देशनमा अदालतले निर्वाचनको पूर्वसन्ध्यामा थाई रक्षा चार्टलाई प्रतिबन्ध लगाएको थियो ।

राजकुमारी उबोलरत्ना महिडोलले रक्षा चार्ट पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेपछि सो दलमाथि नै अदालतले प्रतिबन्ध लगाएको थियो । राजकुमारीको उम्मेदवारीप्रति उनका सहोदर भाइ तथा थाइल्यान्डका राजा माहा वाजिरालोङकोर्नले असन्तुष्टि जनाएपछि तीन साताअघि संवैधानिक अदालतका नौ सदस्यले सर्वसम्मत रूपमा पार्टीमाथि प्रतिबन्ध लगाएका थिए । 

सिनावात्रा अझै लोकप्रिय
अहिले स्वनिर्वासनमा रहेका थाई नेता थाक्सिन सिनावात्रा थाइल्यान्डको राजनीतिमा अझै पनि प्रभावशाली मानिन्छन् । उनी ग्रामीण क्षेत्रमा झनै लोकप्रिय छन् । थाक्सिनलाई सन् २००६ मा सैनिक ‘कु’ मार्फत पदच्युत गरिएको थियो । सन् २०१४ मा उनकी बहिनी यिङ्लक सिनावात्राको सत्तामा पुनरागमन भएको थियो । तर, भ्रष्टाचार आरोपमा केही महिनामै सेनाले यिङ्लकलाई सत्ताच्युत गरेका थिए । त्यसयता सैनिक नेता प्रयुत चान–ओ–चाले सरकारको नेतृत्व गरेका छन् । सैनिक नेता प्रयुतले भने प्रधानमन्त्री पदका लागि उम्मेदवारी घोषणा गर्दै फालाङ प्रचारत पार्टीबाट उम्मेदवारी दिएका छन् । 

१० हजार उम्मेदवार
निर्वाचनका लागि झन्डै १० हजार उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन आयोगका अनुसार देशभर १० हजार सात सय ९२ उम्मेदवार छन् । निर्वाचन आयोगमा उम्मेदवारी दिएका ११ हजार एक सय ८१ मध्ये तीन सय ८९ जनालाई निर्वाचन आयोगले अयोग्य घोषित गरेको थियो । देशभर कुल तीन सय ५० निर्वाचन क्षेत्र छन् । तर, हरेक निर्वाचन क्षेत्र र पार्टीको सूचीबाट गरी कुल पाँच सयजना सांसद निर्वाचित हुने व्यवस्था छ ।

एक लाख मतदाता देशबाहिर
आइतबार हुुने निर्वाचनका लागि देशभर पाँच करोड १० लाखभन्दा बढी मतदाता छन् । तीमध्ये झन्डै एक लाख २० हजार मतदाताले देशबाहिरबाट मतदान गर्न पाउनेछन् । निर्वाचन आयोगका अनुसार देशबाहिरबाट मतदान गर्नेहरू ६७ देशमा छन् । मतदान गर्ने आप्रवासीमध्ये सबैभन्दा धेरै अस्ट्रेलियामा छन् भने दोस्रो धेरै अमेरिकामा छन् । अस्ट्रेलियामा १६ हजार र अमेरिकामा १५ हजार मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । त्यसैगरी तेस्रो धेरै मतदाता चीनमा छन् । चीनमा करिब १० हजार थाई मतदाता छन् ।

४० दलबीच प्रतिस्पर्धा
निर्वाचनका लागि ४० राजनीतिक दलले निर्वाचन आयोगमा नाम दर्ता गराएका छन् । सैनिक सरकारले राजनीतिक दल तथा तिनका भातृ संगठनलाई लगाउँदै आएको प्रतिबन्ध फुकुवा गरेपछि निर्वाचनमा विभिन्न राजनीतिक दलबीच प्रतिस्पर्धा हँुदै छ । सैन्य सरकारले राजनीतिक पार्टीहरूमाथि चुनावी अभियानमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको थियो । चार वर्षअघि थाइल्यान्डको सेनाले निर्वाचित सरकारलाई हटाउँदै सत्ता आफ्नो हातमा लिएको थियो ।