Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ ८ बुधबार ०८:३४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

महानगर भन्छ– फोहोर उठिसक्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ ८ बुधबार ०८:३४:००

काठमाडौं महानगरपालिकाले उपत्यकामा एक महिनादेखि ‘होल्ड’ भएको फोहोर उठिसकेको जनाएको छ । एक सातादेखि निजी र महानगरका गाडीले उपत्यकाको फोहोर उठाएर सकेको महानगरको भनाइ छ ।

उपत्यकामा थुप्रिएको फोहोर सकिएकाले अब निजी टिपर आवश्यकता नपर्ने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उनका अनुसार मंगलबार दुई सय ६६ गाडी फोहोर बन्चरेडाँडामा लगिएको छ । यसबाहेक उपत्यकामा दैनिक दुई सय ५० गाडी अर्थात् झन्डै एक हजार दुई सय मेट्रिकटन फोहोर उत्पादन हुन्छ ।

थुप्रिएको फोहोर उठाएर सकिएकाले अब नियमित फोहोर उठाउन र ढुवानी गर्न सहज हुनेछ । प्रवक्ता मानन्धरले भने, ‘स्थानीयका माग पनि केही दिनमा पूरा हुन्छ ।’ महानगरले सबैतिरको फोहोर उठाइसकिएको बताए पनि केही स्थानको फोहोर भने उठेको छैन ।