मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ७ मंगलबार १७:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेसँग गठबन्धन गर्न चाहने दलका लागि ढोका खुला छ - पृथ्बीसुब्बा गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ७ मंगलबार १७:४३:००

एमाले उपमहासचिव तथा प्रचार विभागका प्रमुख पृथ्बीसुब्बा गुरुङले एमालेसँग चुनावी गठबन्धन गर्न चाहने दलहरूका लागि पार्टीले ढोका खुला राखेको बताएका छन्। एमाले एक्लै चुनावी प्रतिस्पर्धा गर्न सक्षम रहे पनि एजेन्डा मिल्ने दलहरूका लागि पार्टीले गठबन्धनको ढोका खुला राखेको उनको भनाइ छ। 

‘गठबन्धन हुँदै भएन भने एमाले चुनावमै जाँदैन त भने जसरी तपाईंहरूले प्रश्न गरिरहनुभएको छ, त्यस्तो होइन। गठबन्धन गर्ने हुँदैन भनेर ढोका बन्द गरेर बसेको पार्टी एमाले होइन। एमालेसँग जोजो गठबन्धन गर्न चाहन्छन्, उनीहरूका लागि ढोका खुला नै छ। तर, हामी के भन्दैनौँ भने गठबन्धन भएन भने चुनावमा जाँदैन, एमाले हार्छ भन्दैनौं’ स्थायी समिति बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा गुरुङले भने, ‘हामी एक्लै चुनाव जित्न सक्छौँ, एक्लै चुनौती सामना गर्न सक्षम छौँ। सुशासन र समृद्धि, राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको सुदृढीकरण र लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन गर्ने अभियानमा जुन जुन दलसँग एजेन्डा मिल्छ, सहकार्य गर्न सक्छौँ, तर यसको अर्थ हामी कसैलाई पनि बलजफ्ती मिल्न आऊ चाहिँ भन्दैनौँ भनेका छौँ ।’ 

गुरुङले गठबन्धनका विषयमा एमालेले पनि आन्तरिक रूपमा गृहकार्य गरिरहेको संकेत गर्दै सबै कुरा अहिल्यै डिस्क्लोज्ड गर्न नमिल्ने प्रस्ट्याए। ‘सबै कुरा डिस्क्लोज्ड गर्न मिल्दैन, यो झ्याली पिटाउने विषय पनि होइन ।’ उनले भने । माओवादी केन्द्रसँग भने चुनावमा गठबन्धनको सम्भावना नरहेको उनले बताए ।