मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ भदौ ७ मंगलबार १२:१८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एक वर्षमा सवारी कारबाहीबाट ४९ लाख ८७ हजार राजस्व संकलन

Read Time : > 1 मिनेट
२०७९ भदौ ७ मंगलबार १२:१८:००

ट्राफिक प्रहरी कार्यालय खोटाङले सवारी कारबाहीबाट एक वर्षमा  ४९ लाख ८७ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष ०७७/७८ मा ६ हजार आठ सय ५० सवारीसाधन कारबाहीमा पर्दा उक्तबराबरको राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । 

सबैभन्दा धेरै मोटरसाइकल कारबाहीबाट राजस्व संकलन गरिएको ट्राफिक प्रहरी कार्यालय खोटाङका वरिष्ठ हवल्दार नीरबहादुर बुढाथोकीले जानकारी दिए । यो वर्ष तीन हजार ६६ वटा मोटरसाइकल कारबाहीमा परेका छन् । जसबाट  २३ लाख ९५ हजार रुपैयाँ राजस्व उठेको जनाइएको छ । 

जिल्लामा दोस्रो धेरै कारबाही पर्नेमा कार, जिप र भ्यान रहेको ट्राफिक प्रहरीले जनाएको छ । दुई हजार दुई सय २७ वटा कार, जिप र भ्यान कारबाहीमा पर्दा  १४ लाख ६८ हजार राजस्व संकलन भएको जनाइएको छ । 

यस्तै, ६ सय ८३ ट्रक कारबाहीबाट चार लाख ९२ हजार, पाँच सय नौवटा ट्याक्टर कारबाहीबाट चार लाख १३ हजार, एक सय नौवटा टेम्पो कारबाहीमा पर्दा  ७९ हजार पाँच सय, एक सय तीन बस कारबाहीमा पर्दा  ७६ हजार पाँच सय र अन्य विभिन्न ७१ वटा मेसिन तथा सवारीसाधन कारबाहीमा पर्दा  ६३ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

सबैभन्दा धेरै सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) नभएर कारबाहीमा पर्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ । तीव्र गतिमा चलाएको, ब्लुबुक नवीकरण नगरेकोलगायतका कारणले पनि धेरै मात्रामा सवारीसाधन कारबाहीमा पर्ने गरेको छ । 

यसैबीच, जिल्लाका ग्रामीण सडकमा सञ्चालन हुने अधिकांश सवारीसाधन विनाअनुमति सञ्चालन भएको पाइएको छ । यात्रुबाहक हरेक सवारीसाधनले अनिवार्य रुट पर्मिट  लिनुपर्ने हुन्छ । रुट पर्मिटका लागि जिल्ला प्रशासन कार्यालय खोटाङले सिफारिस गरे पनि यातायातधनीले बेवास्ता गरेको खोटाङ यातायात प्रालिका जिल्ला सचिव रामकुमार हिङमाङले बताए