मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका 
२०७५ चैत १० आइतबार ०८:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पक्रिएका नेतालाई  यातना नदेऊः वैद्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका 
२०७५ चैत १० आइतबार ०८:५५:००

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले पक्राउ परेका विप्लव नेतृत्वका नेता कार्यकर्तालाई यातना नदिन माग गरेका छन् । विप्लव पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित ९ जना पक्राउ गरेपछि वैद्यले पार्टीमाथिको प्रतिबन्ध तत्काल फिर्ता गरी राजनीतिक व्यवहार गर्नसमेत आग्रह गरेका छन् । 

वैद्यले सरकारसँग समस्याको समाधान प्रशासनिक रूपमा नभई वार्ताद्वारा समाधान खोज्न अनुरोध गरेका छन् । सरकारले फासीवादी व्यवहार प्रदर्शन गरेको भन्दै वैद्यले निन्दा गरेका छन् ।