मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रामबाबु गुरुङ, निर्देशक 
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ ७ मंगलबार ११:२३:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

फिल्म धेरै हेर्छु, पुस्तक कम पढ्छु 

पुस्तक वार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ ७ मंगलबार ११:२३:००

मन लागेको पुस्तक खोजेर भए पनि पढ्छु । पछिल्लो समय मैले वसन्त बस्नेतको ‘महाभारा’ पढिरहेको छु । फिल्म हेर्नबाट बचेको समय पुस्तक पढ्छु । जीवनमा पढ्न मन लागेका पुस्तक धेरै छन् । पढ्न अल्छी गर्छु ।  कम पढेको छु, पढ्नुपर्ने धेरै छन् । मलाई पछिल्लो समय फिल्मले व्यस्त बनाएको छ । 

मेरो रुचिको विषय फिल्म हो । फिल्म मेकिङसम्बन्धी पुस्तक र लेख बढी पढ्छु ।  पुस्तकको भाषा र पात्रले तान्यो भने जाँगर चल्छ, पढ्न । नत्र पाना बन्द गरेर कहिल्यै खुल्दैन । मुख्य फिक्सन बढी रुचि लाग्छ । साथीभाइले सिफारिस गरेका पुस्तक किनेर पढ्छु । नन–फिक्सन पुस्तक पनि पढ्न रुचि लाग्छ । विश्वेश्वरप्रसाद कोइराला (बिपी), नेल्सन मन्डेला र महात्मा गान्धीको बायोग्राफी पढेको छु । 

सुधीर शर्माको प्रयोगशाला मलाई फेरि पढ्न मन लागेको पुस्तक हो । प्रयोगशाला पढ्दा निकै मजा आएको थियो । भाषा निकै मिठो लाग्यो, राजनीति र समाजको चित्र पुस्तकमा भेटिन्छ । प्रयोगशालाले नेपाली राजनीतिलाई गहिरो रूपमा देखाएको छ ।  

नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ पढ्दा आनन्द आएको थियो । पात्रहरूका संवाद घतलाग्दा छन् । नेपाली समाजको इतिहास र त्यस वेलाको समाज युग पाठकको ‘उर्गेनको घोडा’ पढ्दा थाहा पाएँ । मैले कलेज पढ्दाको समयमा पढेको थिएँ, ‘उर्गेनको घोडा’ ।