मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
२०७५ चैत १० आइतबार ०७:४१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

एसइई आजबाट सुरु : ४ लाख ७५ हजार परीक्षार्थी सहभागी

Read Time : > 1 मिनेट
२०७५ चैत १० आइतबार ०७:४१:००

माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (आइतबार) बाट सुरु भएको छ । विहान ८ बजेदेखि देशैभर एसइईको परीक्षा सुरु भएको हो । एसइईमा देशभरबाट पौने पाँच लाख विद्यार्थी सहभागी भएका छन् । 

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार यस वर्षको एसइईमा कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएका छन् । त्यसमध्ये नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र एक्ज्याम्टेड तथा प्राविधिकतर्फ २४ हजार ८ सय १७ विद्यार्थी छन् । 

एसइईमा सहभागी हुनेमा छात्राको संख्या बढी छ । २ लाख ३८ हजार ५ सय ५८ छात्रा र २ लाख ३६ हजार ४ सय ४५ छात्रले परीक्षा दिँदै छन् । सामुदायिक विद्यालयबाट ३ लाख ४० हजार १ सय ९६ र निजीबाट १ लाख ३४ हजार ८ सय ७ परीक्षार्थी छन् । 

सबैभन्दा बढी प्रदेश ३ र कम कर्णालीबाट 
यस वर्षको एसइई परीक्षामा नियमितर्फ सबैभन्दा बढी प्रदेश ३ बाट १ लाख ३ हजार ४ सय ६० विद्यार्थी सहभागी भएका छन् । सबैभन्दा कम कर्णाली प्रदेशबाट ३२ हजार ३ सय ४४ परीक्षार्थी छन् । प्रदेश १ बाट ७९ हजार ७ सय १९, प्रदेश २ बाट ६४ हजार ८ सय ६८, गण्डकी प्रदेशबाट ४६ हजार ५ सय ७१ परीक्षार्थी छन् । त्यसैगरी प्रदेश ५ बाट ७३ हजार २ सय ८५ र प्रदेश ७ बाट ४९ हजार ९ सय ३९ ले परीक्षा दिँदै छन् । 

यस वर्ष एक्ज्याम्टेडतर्फ ९ हजार पाँच सय ९१, प्राविधिकतर्फ ९ हजार तीन सय ४३ र पुरानो एक्ज्याम्टेडतर्फ ५ हजार ८ सय ८३ सहभागी भएका छन् ।

घट्यो विद्यार्थी संख्या 
अघिल्लो वर्षको तुलनामा एसइई दिने विद्यार्थीको संख्या यस वर्ष घटेको छ । अघिल्लो वर्ष कुल ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी रहेकामा यस वर्ष करिब १० हजार कम चार लाख ७५ हजार ३ परीक्षार्थी छन् ।