१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १० आइतबार ०७:१२:००
Read Time : < 1 मिनेट
खेलकुद

आइपीएल : चेन्नईले बैंगलोरलाई ७ विकेटले हरायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १० आइतबार ०७:१२:००

ईन्डियन प्रिमियर लिग २०१९ को शनिबार भएको पहिलो खेलमा भारतीय राष्ट्रिय टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई सुपर किङ्सले वर्तमान कप्तान विराट कोहली नेतृत्वको टिम रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराएको छ । 

टस जितेर बलिङ् रोजेको चेन्नईले बैंगलोरलाई १७.१ ओभरमा अलआउट गर्दै ७० रनमा सीमित गरेको थियो । ७१ रनको लक्ष्य चेन्नईले १७.४ ओभरमा पुरा गर्दै जित हासिल गरेको हो ।

अघिल्लो सत्र २०१८ को विजेता चेन्नईका लागि अबन्ती रायडुले सर्वाधिक २८ रन जोडेका थिए । विपक्षी टिमका कप्तान विराट कोहली, एबी डिभिलिएर्ससहित ३ विकेट लिएका स्पिनर हरभजन सिंह म्यान अफ दी म्याच भए ।