१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ९ शनिबार १८:२२:००
Read Time : < 1 मिनेट
समाचार

विकास र समृद्धिले नेपालीको मुहारमा उज्यालो ल्याउनेछ : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ९ शनिबार १८:२२:००

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तिव्र परिवर्तनको क्रममा रहेको बताएका छन् । उनले देशमा संघीय गणतन्त्र, संविधान सभाबाट संविधान जारी हुनु र जनताले अधिकारको उपभोग गर्न पाएकाे बताए ।

विकास निर्माणको तिव्रताले देशमा सकारात्मक परिवर्तन क्रम बढेको प्रधानमन्त्री ओलीले‍ दावी गरे । “हाम्रो देशमा सकारात्मक परिवर्तनको क्रम बढेको छ,” उनले भने, “विकास र समृद्धिको अभियान सञ्चालन भएसँगै आएकाे परिवर्तनले नेपालीको मुहारमा उज्यालो ल्याउनेछ ।”

पूर्व प्रधानमन्त्री तथा गीतकार झलनाथ खनालको गीती एल्बम ‘परिवर्तनका स्वरहरु भाग २’को विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले अमूर्त समृद्धि र औषत सुखमा सरकारले विश्वास नगर्ने बताए । “हामी औषतमा प्रतिव्यक्ति आय बढ्यो, साक्षरता बढ्यो भन्ने कुरामा विश्वास गर्दैनौँ,” उनले भने, “हरेक व्यक्तिले अनुभूति गर्ने गरी समृद्धि र सुख दिलाउन चाहन्छौँ । सरकार सामाजिक न्यायसहितको समानताको पक्षमा छ ।”

कार्यक्रममा उनले पार्टीको अध्यक्ष र प्रधानमन्त्रीसमेत भइसकेका नेता खनालले र्सिजना गरेको गीतको प्रशंसा गरे । “व्यस्त दैनिकीबाट समय निकालेर झलनाथ जीले राम्रो सृजना गर्नुभएको छ” प्रधानमन्त्री ओलीले भने, “उहाँको सृजनशीलता  सबैका लागि प्रेरणा हुन सक्छ ।”