मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ भदौ ५ आइतबार ०९:३९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

‘विकासको सपना पूरा नभएकाले राजनीतिमा अझै सक्रिय छु’

Read Time : < 1 मिनेट
२०७९ भदौ ५ आइतबार ०९:३९:००

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासको सपना पूरा नभएकाले राजनीतिमा सक्रिय रहनुपरेको बताएका छन् । शनिबार तनहुँको भन्सारमा कार्यकर्ता भेटघाट कार्यक्रम उनले गाउँमा विद्युत्, पानी, मोटरबाटो पुगेर पनि आम्दानी र रोजगारीको अनुभूति नागरिकले गर्न नपाएकाले उनीहरूलाई गाउँमै स्वरोजगारको अवस्था निर्माण गर्न अझै सक्रिय राजनीतिमा रहेको उनले बताए ।

युवाहरूलाई बिदेसिन नपर्ने, यहीँ रोजगारीको सिर्जना गर्ने सपना पूरा नभएकाले राजनीतिमा सक्रिय हुनुपरेको उनको भनाइ छ । ‘गाउँ भरिन गाउँमै रोजगारीको अवस्था सिर्जना गर्ने हो, त्यसका लागि रोजगारीको अभियान सञ्चालन गर्ने हो,’ उनले भने । देशलाई सुशासन आवश्यक परेको, तर देश भ्रष्टाचार कमिसनतन्त्रमा डुबेकाले विकास हुन नसकेको पौडेलले बताए । ‘उद्योग व्यवसाय खुल्न सकेनन्, युवाहरू अरबको खाडीमा भौँतारिन बाध्य भए । अब त्यसको अन्त्य गर्ने अभियान सुरु हुनेछ,’ उनले भने ।

नेता पौडेलले देश बनाउने र बचाउने कांग्रेस भएकाले अन्तर्राष्ट्रिय समुदायले पनि कांग्रेसलाई विश्वास गर्ने गरेको दाबी गरे । कम्युनिस्टलाई विदेशीले नपत्याउने हुँदा आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउनुपर्नेमा उनले जोड दिए । नयाँ व्यवस्था बनाउन, संविधान बनाउन, महिलालाई अधिकार दिलाउन, जनजातिलाई अधिकार दिलाउन र सिंहदरबारको अधिकार गाउँमा ल्याउन केन्द्रीय राजनीतिमा बढी समय दिएको नेता पौडेलले बताए ।