मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ चैत ९ शनिबार १७:२५:००
Read Time : < 1 मिनेट
खेलकुद

आइपिएलमा यस पटक हुने छैन सधैं झैं भव्य उद्घाटन कार्यक्रम, किन ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ९ शनिबार १७:२५:००

इन्डियन प्रिमियर लिग आइपिएलको १२ औँ संस्करण शनिबारदेखि सुरु हुँदै छ । उद्घाटन खेलमा गत सिजनको बिजेता चेन्नाई सुपर किंग्ससँग रोयल च्यालेन्जर्स बेंग्लोरले राति ८ः१५ बजे प्रतिस्पर्धा गर्दै छ । तर, विगतका ११ संस्करणमा झैं यस पटककाे खेलमा भव्य उद्घाटन समारोह हुने छैन । सिधै पहिलो खेल सुरु हुनेछ । 

आयोजकले नै यस पटक कुनै उद्घाटन कार्यक्रम नगरिने निर्णय गरेको भारतीय समाचार माध्यमले जनाएकाे छ । समाचारका अनुसार आयोजकले उद्घाटन कार्यक्रममा लाग्ने खर्च कही दिनअघि पुलुवामामा भएको आक्रमणमा मारिएका सैनिक परिवारलाई प्रदान गरिने छ । 

आयोजकले यसका लागि २० करोड भारतीय रुपैयाँ छुट्याएको छ । अन्य कार्यक्रम नभए पनि खेल सुरु हुनुअघि भारतीय सेनाको ब्यान्डले आफ्नो प्रस्तुति देखाउने समाचारमा उल्लेख छ ।