मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ९ शनिबार १७:१०:००
Read Time : < 1 मिनेट
खेलकुद

आजदेखि आइपिएल सुरु, उद्घाटन खेलमा धोनी र कोहली भिड्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ९ शनिबार १७:१०:००

इन्डियन प्रिमियर लिग आइपिएलको १२ औं संस्करण शनिबारदेखि सुरु हुँदै छ । उद्घाटन खेलमा गत सिजनको बिजेता चेन्नाई सुपर किंग्ससँग रोयल च्यालेन्जर्स बेंग्लोरबीच खेल हुँदैछ ।

खेल चेन्नाईको चिदम्बरम रंगशालामा नेपाली समयअनुसार राति ८ः१५ मा सुरु हुने छ । चेन्नाई आफ्ना नियमित कप्तान महेन्द्रसि‌ंह धोनीको कप्तानीमा मैदानमा उत्रिने छ भने बेग्लोरलाई विराट कोहलीले नेतृत्व गर्ने छन् । 

ड्वायन ब्राभो, फाप डु प्लेसिस, हर्भजन सिंह, रविन्द्र जडेजा, इमरान ताहिर, सुरेश रैना, अम्बाती रायडुजस्ता अन्तर्राष्ट्रिय क्रिकेटमा ख्याती कमाएका खेलाडी धोनीको टिममा हुनेछन् । भारतीय राष्ट्रिय टोलीका कप्तान कोहलीलाई भने मोइन अलि, एबी डि भिलियर्स, टिम साउती, मार्कस स्टोइनीसलगायत खेलाडीले साथ दिनेछन् । संसारका चर्चित क्रिकेटरहरुको जमघट हुने याे प्रतियोगिता १२ मेसम्म चल्ने छ ।