१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रासस
२०७५ चैत ९ शनिबार १६:१४:००
Read Time : < 1 मिनेट
समाचार

काठमाडाैंकाे विभिन्न स्थानबाट लागुऔषधसहित तीन जना पक्राउ

Read Time : < 1 मिनेट
रासस
२०७५ चैत ९ शनिबार १६:१४:००

काठमाडौंको विभिन्न स्थानबाट लागुऔषधसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित सडकमा जाँचका क्रममा लागुऔषधसहित शनिबार एक जनालाई पक्राउ गरेको छ । 

महोत्तरीबाट काठमाडौं आउँदै गरेको ना५ख १२०९ नंको यात्रुवाहक बस जाँच गर्ने क्रममा महोत्तरी गौशाला नगरपालिका–७ बस्ने अन्सु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । उनको साथबाट अवैध लागुऔषध नाइट्राभेट १६५ ट्याब्लेट बरामद गरिएको छ । 

यस्तै महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थानबाट झापा चन्द्रगढीका सुशान्त गुरागाई र सिन्धुलीमाडी घर भई जडीबुटी बस्ने १९ वर्षीय रोहित मैनालीलाई लागुऔषधसहित पक्राउ गरेको छ । उनीहरुको साथबाट अवैध लागुऔषध नाइट्राभेट ४०२ ट्याबलेट बरामद गरिएको प्रहरीले जनाएको छ ।