मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस
२०७५ चैत ९ शनिबार १४:०६:००
Read Time : < 1 मिनेट
विश्व

पानामाका पूर्व राष्ट्रपतिलाई २१ वर्ष जेल सजाय

Read Time : < 1 मिनेट
रासस
२०७५ चैत ९ शनिबार १४:०६:००

पानामाका पूर्व राष्ट्रपति रिकार्डो मार्टिनेल्लीलाई २१ वर्षको जेल सजायको फैसला सुनाइएको छ । गोप्य सुचनाहरु चुहाएको, शक्तिको दुरुपयोग गरेको, राजनीतिज्ञ, पत्रकार, व्यापारी, व्यवसायी लगायतसँग गलत सम्वन्ध राखेको अभियोग उनमा लगाइएको छ । 

अभियोग लगाउने पक्षका वकिल रिकार्ट गोन्जालेजले सन् २००९ देखि २०१४ सम्म राष्ट्रपति हुँदा उनले एउटा छुट्टै निकाय बनाएर त्यसमार्फत् अनियमितता गरेको बताए ।

उनीसँगै अरु एक सय ५० जनालाई पनि यही अभियोगमा लक्षित गरिएको छ । तर उनीहरुका बारेमा अदालतले अहिलेसम्म कुनै आदेश दिएको छैन ।