मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
विदुर पौडेल
२०७५ चैत ९ शनिबार १३:२४:००
Read Time : < 1 मिनेट
समाचार

कांग्रेसले प्रतिक्षको भुमिका निर्वाह गर्न सकेन : वरिष्ठ नेता पौडेल

Read Time : < 1 मिनेट
विदुर पौडेल
२०७५ चैत ९ शनिबार १३:२४:००

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सहि तरिकाले प्रतिपक्षको भुमिका निर्वाह गर्न नसक्दा पार्टी कमजोर भएको बताएका छन् । प्रेस युनियन सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले नेतृत्वको कारण पार्टी कमजोर बन्दै गएको बताए ।

उनले पार्टीलाई बलियो बनाएर केन्द्र र तल्लो कमिटिबीचको दुरी कम गर्न आइतबारदेखि मधेश सम्वाद कार्यक्रम सञ्चालन गरिने बताए । अबको कार्यदिशा भनेको पार्टीलाई बलियो बनाउने रहेको बताउँदै उनले कम्युनिस्ट सरकारले शक्ति केन्द्रिकरण गर्न लागेको आरोप लगाए । ‘प्रधानमन्त्रीले सेना, न्यायलय, ठुला–ठुला विकास आयोजनाहरु आफु मातहत राखेर लोकतन्त्रको मर्म मार्न लागेका छन्,’ उनले भने, ‘बहुमतको आडमा सरकार सर्वसत्ताबाद तर्फ अग्रसर भएको छ ।’

विप्लव समुहलाई सरकारले प्रतिबन्ध लगाउनु गलत रहेको भन्दै कुनै समुहलाई दवावमा राखेमा मुलुकमा शान्ति र लोकतन्त्र खतरामा पर्ने भएकाले सरकारले यस कदमको पुनः विचार गर्नु पर्ने उनले बताए । सिके राउतले जनमत पार्टी राखेकाले जनमत संग्रहका कुरा उठाउने तर्फ शंका गर्दै त्यस्ता विषयले राष्ट्रियता कमजोर हुने उनले बताए ।