Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ३ शुक्रबार १५:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चुनावी तयारीबारे जसपाको राजनीतिक समितिको बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ३ शुक्रबार १५:१८:००

मंसिर ४ गते घोषित प्रदेश तथा संघीय निर्वाचनमा पार्टीको आगामी रणनीति, उम्मेदवार चयन प्रक्रिया, उम्मेदवारको मापदण्डलगायत विषयको तयारीस्वरूप जनता समाजवादी पार्टी (जसपा) नेपाल छलफलमा जुटेको छ।

जसपाको राजधानीमा तीन दिनदेखि जारी राजनीतिक समितिको बैठकमा आगामी निर्वाचनको तयारी, उम्मेदवार चयनको प्रक्रिया, मापदण्ड तथा पार्टीको विभिन्न संगठन संरचना विस्तारलगायत विषयमा छलफल भइरहेको जसपाका राजनीतिक समिति सदस्य डा. सुरेन्द्रकुमार यादवले जानकारी दिए।

नेता यादवले भने, ‘नजिकिएको चुनावका लागि पार्टीले तय गरेको कार्यक्रम, टिकटको सिफारिस कुन मितिमा कहाँबाट गर्ने हो कहिलेसम्म वितरण गर्ने, उम्मेदवारको मापदण्ड आदि विषयमा छलफल भइरहेको छ। बैठक आजै टुंगिन्छ।’

बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि छलफल भइरहेको छ। निर्वाचनमा उम्मेदवारको मापदण्ड, चयन गर्ने प्रक्रिया, विभिन्न विभाग गठन, प्रदेश तथा विभिन्न राष्ट्रिय समितिको इन्चार्ज, सहइन्चार्ज चयनलगायतका प्रस्तावमाथि नेताहरूले धारणा राखिरहेका छन्।

बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपाबीच गठबन्धनको सम्भावना, पाँचदलीय गठबन्धनमा निर्वाचनमा जसपाको सम्भावित अवस्थाबारे पनि नेताहरूले धारणा राखेका छन्। रासस