मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ भदौ ३ शुक्रबार १४:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

थारू समुदायले  मनाए परम्परागत हरेरी पूजा

Read Time : < 1 मिनेट
२०७९ भदौ ३ शुक्रबार १४:२३:००

पश्चिम तराईका थारू समुदायले धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका छन्। परम्परागत रूपमा हरेरी पूजा गर्दै अएका थारू समुदायले यस वर्ष पनि धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ पूजा मनाएका हुन्।

धानमा किरा लाग्नबाट बचाउन र धान उत्पादनमा वृद्धि हुने विश्वासले हरेरी पूजा गरिइन्छ। धान रोपाइँ सकेको केही दिनपछि पश्चिम तराईका थारू समुदायमा गाउँभरका मानिसहरूले रकम संकलन गर्छन्। संकलन भएको रकमले पूजा सामग्री  किन्ने र देवी–देवतालाई चढाउनका लागि मिठाई किनेर देवी माताका जनावर र देवी, देवताहरूको मूर्ति बनाएर पूजा गर्ने चलन छ।