१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ ३ शुक्रबार १०:३८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

अनुहारलाई घामबाट बचाउने यसरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ ३ शुक्रबार १०:३८:००
डा. ललन खतिवडा छालारोग विशेषज्ञ

गर्मी मौसममा कडा घाम लाग्ने गर्छ । घाममा निस्कँदा छाला डढ्ने समस्या हुन्छ । जाडो मौसमभन्दा गर्मी मौसममा छालामा विभिन्न थरीका समस्या देखिन्छन् । गर्मीमा छाला कालो हुने मात्रै होइन, चायाँ–पोतो पर्ने र अनुहारमा कालो धब्बा बस्ने समस्या बढी हुने गर्छ । 

यस्तो वेला छालामा चिल्लोपन पनि बढी देखिने गर्छ । चर्को घामको ताप शरीरको भित्री भागसम्म पुग्छ । बाहिर निस्किँदा आफ्नो अनुहारलाई मिल्ने खालको सनस्क्रिनको प्रयोग गर्नुपर्छ । चिकित्सकको सल्लाहअनुसार सनस्क्रिनको प्रयोग गर्नु राम्रो हुन्छ ।

घरबाहिर निस्कनु १५ देखि ३० मिनेट पहिले सनस्क्रिन लगाउनुपर्छ । दुई–तीन घन्टा घरबाहिर भएपछि फेरि सनस्क्रिन लगाइराख्नुपर्छ । जो मान्छे घाममा धेरै समयसम्म बस्छ, उसले सन क्रिम लगाउनुपर्छ ।

जो मानिस कम्प्युटरका अघिल्तिर धेरै समय बस्छन्, उसले पनि सन क्रिम लगाउनु जरुरी हुन्छ । स्विमिङ खेल्ने वा अरू नै खेलकुदमा सहभागी हुनेले वाटरप्रुफ सन क्रिमको प्रयोग गर्दा राम्रो हुन्छ ।