मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ ३ शुक्रबार १०:३३:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

श्रद्धाको फिगर मन पर्छ : पुष्प

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ ३ शुक्रबार १०:३३:००

फेसन वार्ता

अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीको जोडीलाई आजबाट प्रदर्शनमा आउने फिल्म कृष्णलीलामा देख्न पाइनेछ । यस फिल्ममा पुष्पले अटिजमपीडित युवा र श्रद्धाले महत्वाकांक्षी युवतीको भूमिका निर्वाह गरेका छन् । फिल्मको ट्रेलर र गीत हेरेरै यो जोडीलाई धेरैले रुचाएका छन् । एक–अर्काको गेटअपबारे उनीहरूको अनुभव र सुझाव यस्तो छ :

पुष्पलाई छोटो कपाल  सुहाउँछ : श्रद्धा 

मान्छेको पहिलो नजर महत्वपूर्ण हुन्छ । त्यसैले आफूलाई कम्फर्टेबल हुने ड्रेस चुज गर्नुपर्छ जस्तो लाग्छ । पुष्पजी फेसन सेन्स भएको मान्छे हो । उहाँले चुज गरेका वेयरहरू सबै राम्रो लाग्छ । उहाँलाई विशेष गरी क्याजुअल वेयर म्याच गर्छ । उहाँ पाइन्ट र टिसर्टमा पनि ह्यान्डसम देखिनुहुन्छ । किनभने, उहाँको हाइटअनुसार त्यो गेटअपमा खुलेको देख्छु । 

उहाँलाई फर्मल गेटअपमा पनि नसुहाउने भन्ने होइन । फर्मल गेटअप पनि उत्तिकै म्याच गर्छ । ग्रिन कलरको कोट–पाइन्टमा उहाँको पर्सनालिटी खुलेको देख्छु । सर्ट हेयर स्टाइलमा उहाँको व्यक्तित्व अझ खुलेको देखिन्छ । लङ हेयर स्टाइलभन्दा सर्ट हेयर स्टाइलमा बढी म्याच गर्छ । त्यसले उहाँलाई सर्ट हेयर स्टाइल राख्न सुझाव दिन्छु । 

 श्रद्धाको फिगर मन पर्छ : पुष्प

श्रद्धाको फिगर राम्रो लाग्छ । अग्लो फिगर भएकाले पनि उसलाई प्रायः सबै ड्रेस सुहाउँछ । पहिलोपटक मैले उसलाई कुर्था–सुरुवालमा देखेको थिएँ । त्यो गेटअपमा निकै खुलेको पाएको थिएँ । उसलाई ह्वाइट कलरको हाफपाइन्ट र टिसर्टमा पनि राम्रो देखिन्छ । ह्वाइट सुज पनि निकै सुहाउँछ ।

उसलाई मैले अहिलेसम्म सारीमा देखेको छैन । सारीमा उसको लुक्स हेर्न मन छ । श्रद्धालाई प्रायः स्ट्रेट हेयरमा देखेको छु, राम्रो देखिन्छ । तर, कर्ली हेयर स्टाइल अझै बढी म्याच गर्छ जस्तो लाग्छ । उसलाई हेयर कर्ली गर्न सुझाव दिन्छु । ऊ मिहिनेती कलाकार हो, एउटा कलाकारमा हुनुपर्ने सबै गुण उसमा देख्छु ।