१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ ३ शुक्रबार १०:१९:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मुवा थाई  सेल्फ डिफेन्सको प्रभावकारी माध्यम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ ३ शुक्रबार १०:१९:००

मुवा थाई खेलका मुख्य प्रशिक्षक गणेश कक्षपति 

विश्वव्यापी रूपमा मुवा थाईको लोकप्रियता बढ्दो छ । कुनै समय कठोर र खतरनाक खेलका रूपमा हेरिने मुवा थाईलाई पछिल्लो समय बालबालिकादेखि वृद्धवृद्धासम्मले सेल्फ डिफेन्स र व्यायामको महत्वपूर्ण माध्यमका रूपमा लिने गरेका छन् ।

यसको प्रशिक्षण गर्नाले प्रभावकारी रूपमा क्यालोरी बर्न हुन्छ । एक घन्टा प्रशिक्षण गर्दा झन्डै ६९० क्यालोरी बर्न हुन्छ । अर्थात्, मोटोपनाबाट यसले तपाईंलाई टाढै राख्छ । त्यही कारण यस खेलको प्रशिक्षण गर्ने खेलाडीको शरीर निकै मिलेको देखिन्छ । 

सम्पूर्ण शरीरको कसरत 
मुवा थाईको मुख्य लक्ष्य स्वस्थ समाजमा गर्न सक्ने नागरिक जन्माउनु हो । रातको समय सडकमा एक्लै हिँड्न मानिसहरू खतरा ठान्छन् । अझै, महिलाहरू विशेष डर मान्छन् । यस्तोमा मुवा थाईको प्रशिक्षणका क्रममा तपाईंले सेल्फ डिफेन्सका ती ट्याक्टिसहरू सिक्नुहुनेछ, जो वास्तविक जीवनमा समस्या पर्दा तपाईंको काममा आउँछन् ।

तपाईंले आफ्नो प्रतिस्पर्धीलाई कडा टक्कर दिन मात्रै होइन, आवश्यक पर्दा आफ्नो दिमागको तीव्र प्रतिक्रिया जनाउने शक्ति प्रयोग गरेर उसलाई समाउन पनि सक्नुहुन्छ । झन्डै ६ महिना प्रशिक्षण गरेपछि एउटा औसत मानिस पनि आफ्नो सुरक्षा गर्न सक्ने हुन्छ । 

मुवा थाई एरोबिक र एन एरोबिक वर्कआउटको मिश्रण हो । यसले शक्ति र धैर्य दुवै सिकाउँछ । एकातर्र्फ तपाईंले कुद्ने, डोरीमा जम्प गर्नेलगायत एरोबिक काम गर्नुपर्छ भने अर्कोतर्फ मुक्काले हान्ने, लात्तीले हान्नेलगायत एन एरोबिक अभ्यास पनि गर्नुहुन्छ । एरोबिक अभ्यासले तपाईंको मुटुको चाल र रक्तसञ्चारमा सुधार ल्याउँछ ।

मानव शरीरलाई अत्यधिक रूपमा सक्रिय गराउनका लागि आवश्यक स्टामिना र शक्तिको विकास यसले गर्छ । असीमित शक्ति, अधिकतम प्रभाव यस खेलका विशेषता हुन् । मानिसक रूपमा सुदृढ बनाउँछ । दैनिक जीवनका चुनौतीहरू झेल्न मस्तिष्कलाई तयार गर्छ । आत्मविश्वास बढाउँछ ।